रौतहट न्यूज़//
वृन्दावन नगरपालिका वडा ८ कार्यरत संजय कुशवाहा कार्यालय सहायक पदमा विगत ७ वर्ष देखि रहेको र निजलाई गत असाढ महिना २५ गते कार्यलयको काम बाट निकालिए पश्चात स्थानीय हरूले वडा कार्यलयमा तल्चा लगाई विरोधमा उत्रेका छन् ।

वडा ८ बरगाजवा बजार स्थित वडा कार्यलयमा तल्चा लागाए पछि सर्वसधारण जनता सेवाबाट बंचित भएका छन् । यता वडाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष रविन्द्र साहलाई सोध्दा वहाले समाजले भनेपछि म तल्चा खोलेर सेवा दिने तयार रहेको बताए ।

स्थानीयहरुको चहना अनुसार विगत देखी काम गर्दै आएका कार्यालय सहयाक कुशवाहा सोही पदमा नियुक्ति न हुन्जेल सम्म वडाको काम काज थप्प रहने जनाएको छ । स्थानीय व्यक्तिहरुको अनुसार उक्त कार्यालयमा लोकसेवा आयोग बाट सिफारिस भई आएमा आफूहरु समझौता गर्ने तयार रहेका बताएका हुन् ।

त्यस्तै एम्बुलेन्स चलाउने चालक गोपी महतो संग कुरा गर्दा आफू विगत चार वर्ष देखी एम्बुलेन्स चलाई रहेको अवस्थामा आफूलाई विना कारण देखाई एक महिना पहिले हटाई ट्रेक्टरका लाइसेन्स लिएका नयाँ नियुक्त चालक विजय साहलाई नियुक्त गरेको महतोको आरोप रहेको छ ।

स्थानीय हरूको भनाई अनुसार नेपालको प्रचलित कानुन अनुसार कुनै पनि पदका लागी सुचना निकाली पद पुर्ती गर्नु पर्ने हो । तर त्यसो न गरी वडाध्यक्ष साहले आफ्नो आसपासे लाई नियुक्त गर्न खोजिएको विरोध स्वरूप आफूहरुले तल्चा लगाएको जनाएका छन् । उक्त घटनामा नेपाल प्रहरी , शास्त्र प्रहरीको भुमिका कमजोर देखिएका स्थानीय हरुले बताएका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।