• - राजकुमार यादव

    रौतहट न्यूज़ // ईलाका प्रहरी कार्यालय मौलापुर रौतहटले ६७ औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । पुरातात्विक महादेव मन्दिर परिसरमा भएको सरसफाई कार्यक्रम इलाका प्रहरी कार्यालय मौलापुरको आयोजनमा बिभिन्न सरोकारवाला संघ–संस्थाहरुको समेत सहभागीता रहेको थियो ।

    आज भएको सरसफाई कार्यक्रममा सामुदाय–प्रहरी साझेदारी केन्द्र, नेपाल प्रहरी, ट्राफिक प्रहरी, म्यादी प्रहरी , मौलापुर नगरपालिकाका नगर प्रमुख , उप – नगर प्रमुख , मौलपुर बजार व्यावस्थापन समिति, विभिन्न वडाका वाडाध्यक्ष , साह कन्ट्रक्सनका र स्थानीयहरुको सहभागीता थियो ।

    कोरोना भाइरस र डेंगुको डर त्रास नसर्ने सकेतापनि दिन–प्रतिदिन आसपासमा रहेको फोहोर मैलाले मानव जीवनमा अरुथप रोगहरु फैलिने साथै वातावारण प्रदूषण भएकाले सरसफाई गर्न अति आवश्यक रहेको प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानले जानकारी दिए ।