- राजकुमार यादव
रौतहट न्यूज़ // मौलापुर नगरपालिकाको वाडा ५ मा मोटरसाईकलको ठक्कर बाट अंदाजी ५ वार्षिय बालिकाको मृत्यु भएको छ ।

मौलापुर नगरपालिका स्थित चौकबाट निजगढ तर्फ आउँदै गरेको प्रदेश –०२-०३०१४ प ५२८७ नम्बरको मोटरसाईकलले मौलापुर नगरपालिका वडा ५ टोल मौलापुर बस्ने रामलक्षण रामको ५ वर्षीय छोरी खुश्बु कुमारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट टाउकोमा चोट लागि गम्भिर घाइते खुश्बु कुमारी लाई उपचारको लागि इन्डो नेपाल बिरगंज पठाएपनि राति करिब ८ बजे डाक्टरले मृत घोषणा गरेका छन् । मोटरसाईकल चालकको नाम नखुले पछि मोटरसाइकलमा सवार सचिन शर्मा र राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।