
–
राजकुमार यादव
रौतहट न्यूज़// रौतहटको मौलापुर नगरपालिका स्थित सुखी किसान कृषी सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले गरे ।

प्रमुख साहले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए। उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्नेआवश्यकता रहेको पनि विचार व्यक्त गरे। यस सस्थाका आ.व. २०७८/०७९ का कर्जा तथा बचत कारोबार गरेका सदस्यमध्ये ६ जानालाई पुरुषकार प्रदान गरेका छन् ।

संस्थाका पूर्व अध्यक्ष जवाहर प्रसाद जैसवालको सभापतित्वमा सम्पन्न सभामा संस्थाका प्रवन्धक संचालक रविरंजन जैसवालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८/०७९ मा ६९ लाख २८ हजार ७ सय रुपैंया शेयर पूँजी रहेको जैसवाल ले बताए ।

कार्यक्रममा बिशेष अतिथी मौलापुर नगरपालिकाका उप-नगर प्रमुख नागेन्द्र राय यादव सोही नगरपालिकाका पशु तथा कृषी शाखा प्रमुख जितेन्द्र साह , वडा ५ का वाडाध्यक्ष चन्द्रशेखर साह , सुनिल साह , वडा १ बाट बैजु साह, ठागा दास शुभकामना मन्तव्य राखेका थिए। र भोलाशंकर साह , लगायत विभिन्न स्तरका व्यापारी तथा स्थानीयहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।