–राजकुमार यादव
रौतहट न्यूज़// मौलापुर नगरपालिका द्वारा निर्मित जनता माध्यमिक विधालय सोनरनियाँको नव निर्मित विधालय भवनको उदघाटन समारोह कार्यक्रम नगर प्रमुख रीना कुमारी साहकी अध्यक्षतमा सम्पन भएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको वर्गिकरण अनुसार ‘ख’ वर्गको आर .सि.सि. फ्रेम स्ट्रक्चर्ड भएको दुई वाटा ब्लक भवनको आज विहिबार पूर्व शहरी विकास मन्त्री एव नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको प्रमुख अतिथ्यमा र मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साह द्वारा संयुक्त रुपमा उद्घाटन सम्पन्न भएका छन् ।
ब्लक ‘ए’ मा ८ वटा कोठा र ब्ल्क ‘बी’ मा १२ वटा कोठाको निर्माण आ.व. २०७७/०७८ मा सुरु भई आ.व. २०७९/०८० मा सम्पन्न भएको छ । ब्लक ‘ए’ को निमार्णमा रु ८४ लाख ८७ हजार ४ सय ५० तथा ब्लक ‘बी’ को निर्माणमा २ करोड ९ लाख गरी कुल लागत रु ३ करोड ८४ लाख ८७ हजार ४ सय ५० रुपैया खर्च भएको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले कार्यक्रम मार्फत जनकारी गराएको हो ।
सो कार्यक्रममा नेकापा एमाले केन्द्रिय सदस्य समिर अंसारी , पूर्व विधायक कुन्दन कुशवाहा , नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर) , नेकपा एमाले नगर कमिटी अध्यक्ष नागेन्द्र साह , नेकपा एमाले प्रदेश सदस्य मनोज यादव (राजन) , देवाही गोनाहीका प्रमुख प्रेमलाल साह कानु , उप-प्रमुख परनिया देवी पटेल , गरुडाका मेयर कन्थमणी प्रसाद जैसवाल , गरुडा नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव , कटहरीया नपाका पूर्व मेयर सियाराम प्रसाद कुशवहा र मौलापुर नपाका उपनगर प्रमुख नागेन्द्र राय यादव लगायत मौलापुर नगरपालिका स्थित रहेका सम्पूर्ण विधालयका शिक्षक तथा शिक्षिका लगायत स्थानीय भरभलादमी तथा अभिभावकहरु उपस्थिति रहेको थियो ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,