
-राजकुमार यादव
रौटहट न्यूज़// रौतहटको मौलापुर नगरपालिका वडा ५ महादेव मन्दिर पतौरा स्तित खाल्डोमा जमेको पानीमा डुबेर मंगलबार दिउसो १ बजे एक नवबालिकाको मृत्यु भएको छ। वृदावन नगरपालिका- ४ हरैया पल्टुवा बस्ने सुरेन्द्र भगत मालीका ८ वर्षीय छोरी काजल कुमारीको खाल्डोमा डुबेर मृत्यु भएको हो।

मौलापुर नगरपालिका वार्ड ५ मा बस्ने त्रिवेणी भगत मालि कहां मामा घर आएकी काजल मंगलबार दिउसो खेल्दै खाल्डो निर पुगेको स्थानीयले बताए। विहन देखी हराएकी काजललाई खोज तलासको क्रममा आफन्तले खाल्डोमा डुबेर मृत अवस्था फेला पारेको ईलाका प्रहरी मौलापुरले जनाएको छ ।

स्थानीयले सडक निर्माणको क्रममा खाल्डो बनाएर छारेकै खाल्डोमा डुबेर ती बालिकाको मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकको शव परिक्षणको लागि गौर अस्पताल पठाइएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय मौलापुरले जनाएको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।