
-राजकुमार यादव
रौतहट न्यूज़//
रौतहटको सोनरनियाँमा विधुतिय मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मौलापुर नगरपालिका वाडा नम्बर ८ बस्ने करिब ४० वर्षीय महेश प्रसाद यादव भन्ने टैटुनको मृत्यु भएको हो ।

छिमेकी राजेन्द्र साह कलवारको खेतीपाति सम्हाल्दै आएका महेश राती खाना खाएर खेतमा पानी हाल्न उनी संगै गएका थिए । विधुतिय मोटर संचालन गर्ने क्रममा खेत धनी साहकै खेतमा गए राती करिब १ बजे महेशलाई करेन्ट लागेको थियो।

उनी संगै खेतमा गएका खेत धनी साहले घाइते महेशलाई उपचारको लागि मौलापुर किलनिकमा पुर्याएका थिए । मौलापुरमा उपचार सम्भव नभए पछि महेशलाई थप्प उपचारको लागि विरगंज स्थित नेसनल मेडिकल कलेजमा पुर्याइएको प्रहरी ले जनाएको छ । उपचारको क्रममा आईतबार विहान करिब २ बजेर ५० मिनेटमा यादवको मृत्यु भएको प्रहरी ले जनाएको छ ।

मृतकको शव परिक्षणको लागि नरायणी अस्पताल विरगंजमा राखिएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी मौलापुरले जनाएको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।