- राजकुमार यादव
रौतहट न्यूज़/ नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मधेश प्रदेश सदस्य तथा वाईसीएलका प्रदेश ईन्चार्ज शंकर महतो सहित दर्जनौं नेता एमालेमा प्रवेश गरेका छन् ।


पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख उपस्थिति तथा पार्टी महासचिव एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेलको विशेष उपस्थितिमा आज केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य तथा वाईसीएलका प्रदेश ईन्चार्ज महतोको नेतृत्वमा रोशन गौतम, अञ्जित कुशवाहा, निरज अधिकारी, मनोज कुमार कुशवाहा लगायतका दर्जनौं जिम्मेवार नेताहरु सहित माओवादी केन्द्र, नेपाली कांग्रेस र लोसपा लगायतका विभिन्न पार्टी परित्याग गरी ठुल्लो संख्यामा नेकपा एमालेमा औपचारिक रुपले प्रवेश गरेका हुन् । उनिहरुले पार्टी अध्यक्ष ओलीको हातबाट टिका र खादा लगाएर एमालेमा प्रवेश गरेको एमाले स्रोतले बताएको छ ।

-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।