
-राजकुमार यादव
रौतहट न्यूज़// देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले आज कार्यालयमा हाजिरी भएको छ । प्रमुख प्रशासकीय अधिकृत साहलाई नगर प्रमुख प्रेमलाल साह , निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज यादव र लेखा प्रदिप यादवसहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।

कार्यालयका आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै अधिकृत साहले सुशासन कायम गर्दै देवाही गोनाही नगरपालिकामा प्रभावकारी सेवा संचालन गर्ने बताए ।

उनले देवाही गोनाही नगरपालिकालाई सबै क्षेत्रमा अब्बल बनाउने पनि बताए । आफूले यसअघि काम गरेका सबै पालिकामा स्मरणयोग्य काम गरेको बताउदै जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगमा देवाही गोनाहीलाई पनि १ नम्बरको पालिका बनाउने उनको भनाइ थियो ।

रौतहटको गौर नगरपालिकाबाट सरुवा भइ आएका अधिकृत साहसंग देशका विभिन्न स्थानीय तहमा काम गरेको लामो अनुभव छ । रौतहटको मौलापुर नगरपालिका , गौर नगरपालिक र बारा जिल्लाको देवताल गाउँपालिका काम गरेको अधिकृत साहले बताए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।