- राजकुमार यादव
रौतहट न्यूज़ // मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले नगरको विद्यालयहरुको शिक्षाको गुणस्तर तल खसेको देखेर चिन्ता व्यक्त गर्नु भएको छ ।
मौलापुर नगर क्षेत्रमा रहेका विद्यालयहरुको अनुगमन निरिक्षणको क्रममा विहिवार अधारभुत विद्यालय मर्यादपुर, लक्ष्मीनिया मावि मौलापुर र श्री जनता माध्यमिक विधालय सोनरनियाँमा पुगेकी नगरप्रमुख साहले विद्यार्थी कक्षाको अवलोकन पछि यस्तो चिन्ता व्यक्त गर्नु भएको हो । कक्षा अवलोकनको क्रममा विद्यार्थीहरुको शिक्षण सिकाई एकदमै कमजोर रहेको पाईएको उहाले जानकारी दिनु भयो । कक्षा ५ ,६ र ७ का विद्यार्थीलाई शुद्ध नेपाली विषयको किताब पढ्न नआएपछि नगरप्रमुख साहले विद्यालयका शिक्षकहरुसंग यसको जवाफ माग्नु भएको थियो । विद्यालयमा आएर तपाईहरुले गरेको कामको परिणाम नदेखिएको भन्दै नगरप्रमुख साहले शिक्षकहरुलाई ईमान्दारिता पुर्वक नियमित कक्षा संचालन गर्न र विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन निर्देशन समेत दिनु भयो ।
‘आकर्षक र चिटिक्क भवनले मात्र विद्यालय राम्रो बन्न सक्दैन,’ उहाले भन्नु भयो, ‘विद्यार्थीहरुको पढाई राम्रो हुनु प¥यो ।’ विद्यार्थीको पढाई राम्रो नभएसम्म शिक्षकले गरेको मिहनेतको परिणाम देखिदैन । त्यसैले विद्यार्थीहरुको पढाईमा ध्यान केन्द्रित गर्न उहाले शिक्षकहरुलाई निर्देशन दिनु भयो । सो अवसरमा मौलापुरका नगरपालिकाका उप प्रमुख नागेन्द्र प्रसाद यादवले भवनको निर्माण कार्य सम्पन्न गराएर एक महिना भित्र विद्यालय भवनको उदघाटन गर्ने तयारी गरिएको जानकारी दिनु भयो । नवनिर्मित विद्यालय भवनमा पंखा, विजुली, शौचालयको कमी रहेकोले भवन निर्माण गर्ने ठेकेदारलाई यथाशिघ्र काम सम्पन्न गर्न निर्देशन समेत दिईएको उहाले जानकारी दिनु भयो ।
मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले भुई ढलानमा भएको त्रुटीलाई सच्याउन ठेकेदारलाई निर्देशन दिईएको जानकारी दिए । कमल कन्ट्रक्सनले एक करोड १३ लाखमा एक तल्ले भवन र साहु कन्ट्रक्शनले २ करोड ५२ लाखको लागतमा २ तल्ले विद्यालय भवनको निर्माण गरीरहेको उहाले जानकारी दिनु भयो ।
नगर शिक्षा समितीको निर्णय अनुसार दुई वटा प्राविलाई मर्ज गरी मावि मर्यादपुर स्थापना गरी नयाँ भवनको निर्माण हुन लागेको उहाले जानकारी दिनु भयो । भवन निर्माण कार्य अन्तिम चरणमा रहेको र यसलाई छिट्टै उदघाटन गरेर पठन पाठन संचालनमा ल्याईने उहाले जानकारी दिनु भयो । अनुगमनको क्रममा मौलापुर नगरपालिका १ मर्यादपुरका वडाध्यक्ष जयनाथ प्रसाद कुशवाहा, कार्यपालिका सदस्य वैधनाथ प्रसाद जैसवाल, शारदा अर्याल (सुमन), स्थानीय संचारकर्मी राजकुमार यादव, राजु श्रीवास्तव, पवन यादव लगायतको उपस्थिती थियो ।
गढीमाई नगरपालिकाको सुचना – घर टहरा र समाग्री हटाउने सम्बन्धी ७ दिने सार्वजनिक सुचना !
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,