लक्ष्मण यादव/रौतहट न्युज
रौतहट न्युज// नेपाली काङ्ग्रेस बरहथवा-१५ को ४१ सदस्यीय टोल समिति गठन भएको छ ।

घरघर जाऔ काङ्ग्रेस जिताऔ अभियानको क्रममा शुक्रबार नेपाली काङ्ग्रेस सर्लाहीले बरहथवा नगरपालिका वडा न.१५ को हरपुर्वामा ४१ सदस्यीय टोल समिति गठन गरेको छ।
होशनारायण पासवान,रबिन्द्र महतो र रौशन यादव सहित ४१ सदस्यीय टोल समिति गठन भएको छ ।

कार्यक्रममा बोल्दै महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहका स्वकीय सचीव निकेश त्रिपाठीले भने अहिले चुनावको बेला तपाईंको घर सुनको बनाइदिन्छु भन्ने झुठो आश्वासन दिने धेरै ठगहरु आउलान तर उनीहरुको पछि नलागेर हाम्रो स्थानीय तहमा नेपाली काङ्ग्रेसबाट बरहथवा नगरपालिका वडा न.१५ का युवा उमेदवार श्याम कार्कीलाई आफ्नो अमुल्य मत दिएर जिताउन अपील र आग्रह गरेका छन ।

कार्यक्रमका सभापति पलधारी राय, प्रमुख अतिथि बरहथवा नापा-१५ को उमेदवार श्याम कार्की,अतिथि निकेश त्रिपाठी, राम उदय राय लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने नेता रमेश रायको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।