रौतहट न्यूज़//
विरगजं महानगरपालिका–१३, श्रीपुर घरभएका उमेश साहकी पत्नी सीता पटेल माथी कलैया उपमहानगरपालिका–२३, कोरिया टोल नजिकै शुक्रबार साँझ ८ बजेको समयमा एसिड आक्रमण भएको हो ।

एसिड आक्रमणमा परेकी सीताको शरिरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । महिलालाई एसिड आक्रमण गरेको आरोपमा प्रहरीले पर्साको बिरगजंबाट २ जनालाई पक्राउ गरेको छ ।

पतिपत्नी मोटरसाईकलमा माईतीघर कलैया आउँदै गर्दा सीतामाथी एसिड आक्रमण भएको प्रहरीले जनाएको छ । एसिड आक्रमणमा परि गम्भीर घाईते सीताको हाल नारायणी उपक्षेत्रीय अस्पताल बीरगजंमा उपचार भैरहेको बाराका नायव प्रहरी उपरिक्षक विकास थापाले जुरेली न्यूज़ ले जानकारी दिए ।

सुरुमा प्रादेशिक असपताल कलैया लगिएकोमा अवस्था गम्भीर देखिएपछी थप उपचारका लागि विरगजं पठाईएको उनले बताए ।घटनामा संलग्न भएको आरोपमा पर्सा बिरगजं १३ श्रीपुर बस्ने ३२ बर्षिया रामबाबु साह र सोही ठाउँका ५० बर्षिय हवारी साहलाई प्रहरीले बिरगजंबाटै पक्राउ सुक्रबार राती पक्राउ गरेको छ ।

पक्राउ परेका रामबाबु र हवारी पिडित सीताका जेठाजु र ससुरा भएको डिएसपी थापाले जानकारी दिए । पक्राउ परेका दुईलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको उनले बताए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।