
–
राजकुमार यादव
रौतहट न्यूज़//नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार आदर्श कोतवाल गाउँपालिकाको चिउटाहामा आउने भएका छन् ।

एमाले मधेश प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली बारा जिल्लाको चिउटाहामा आउन लागेको पुर्व मंत्री प्रभु साहको स्वकीय सचिव विजय यादव निर्विजले जानकारी दिए ।
जसपाबाट निर्वाचित बाराको आदर्श कोतवाल गाउँपालिकाका मेयर मुस्तुफा अंसारी सहित हजारौं कार्यकर्ता एकै पटक नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेको छ।

गाउँपालिका अध्यक्ष अंसारीका अनुसार जसपा बाट १८ सय, नेकपा माओवादी बाट ५ सय, लोसपा बाट २ सय र नेपाली कांग्रेस बाट ७५ जाना र आदर्श कोतवाल गाउँपालिकाको वाड १ देखी वाड ८ सम्मको वाडाध्याक्ष नेकपा एमालेमा प्रवेश गराउने तालिका रहेको आदर्श कोतवाल गाउँपालिकाका मेयर अंसारीले बताए । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ सय भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने भएको बताए।

तत्कालिन संघीय समाजवादी फोरम तथा हाल जसपाबाट निर्वाचित गाउँपालिका मेयर अंसारी आफ्नो दलबलका साँथ सोही गाउँपालिकाको ८ वाडाध्यक्ष सहित एमालेमा प्रवेश गर्ने भएपछी जसपालाई धक्का लाग्ने भएको हो । कार्यक्रम आदर्श कोतवाल गाउँपालिका स्थित श्री रामचरित्र माध्यमिक विधालय चिउटाहाको प्रागंनमा दिनको ठिक १ बजे तय गरिएको छ ।
देवताल गाउँपालिका द्वारा जन हितमा जारी संदेश।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।