-राजकुमार यादव
रौतहट न्यूज़// आज विहिबार मौलापुर नगरपालिका पतौरा स्थित श्री जवाहर साह आधारभुत विधालयको पूर्व मंत्री प्रभु साहले उद्घाटन गरेको छ।
पूर्व मंत्री साहको नेतृत्वमा र नगर प्रमुख रिना कुमारी साहकी पहलमा ३७४ दिनमा ३ करोड ६६ लाखको लगतमा विधालयको जग्गा खरिद गरी दुई तल्ले आठ कोठे भवन निर्माण भएको हो । सोही विधालय भित्र ४ कोठे भवन निर्माणधीन रहको छ। निर्माणधीन भवनको कार्य जारी रहेको छ। २०७७ साल फागुन ३ गतेका दिन भवनको शिलान्यास मौलापुर नगरपालिकाको नगर प्रमुख रिना कुमारी साहले गरेको थियो।
सो विधालय परिसरको कुल क्षेत्रफल १ विगहा १० धुर जग्गा एक करोडमा मौलापुर नगरपालिकाले रम्भा देवी साह,नागेन्द्र प्रसाद साह,ब्रहम देव प्रसाद साह लक्ष्मी साह र जवाहर साह संग खरिद गरी पालिकाले शिक्षामा टेवा पुर्याएको छ।
पूर्व मंत्री प्रभु साहको पहलमा नगर एवं निर्वाचन क्षेत्र भित्रका विधालयका लागी भौतिक संरचना निर्माण गर्ने, पुरानो भवनको मर्मत सुधार गर्ने, डेक्स वेन्च लगायत फर्तिचरको व्यवस्था गर्ने, विधालय सौन्दर्यीकरण गर्ने र प्रविधियुक्त बनाउन विधालय तथा विधार्थीहरुका लागी लैपटप वितरण गर्ने लगायतका कार्यहरू भएका छ्न्। त्यस्तै मौलापुर नगरपालिका ले आफ्नो कार्यकालमा हाल सम्म नवनिर्मित विधालयको १०० ओटा कोठा संचालनमा ल्याएको पूर्व मंत्री साहले एक कार्यक्रम बीच बताए।
कार्यक्रम बीच पूर्वमंत्री साहले एकिकृत समाजवादी पार्टीका नेता कमल यादव र माओवादी नेता विन्देश्व यादव संग हिसाब मांगेका छ्न्। २०५४ साल देखी रौतहट जिल्लाका जिल्ला विकासका मालिक रहेका एकिकृत समाजवादी पार्टी नेता यादवले करोडौ रूपैयाको बजेट चलाएको भन्दै साहले हिसाब मांगेको हो।
पूर्व मंत्री प्रभु साहको प्रमुख अतिथ्य तथा मौलापुर नगरपालिका नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएको भवन उद्धघाटन समहारोमा एमाले पार्टीका मधेश प्रदेश सदस्य राजन यादव (मनोज) जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर) एमाले पार्टीको नगर अध्यक्ष फतुवा विजयपुर अध्यक्ष विजय यादव निर्विज, देवाही गोनाही नगर उपप्रमुख प्रनिया देवी पटेल र एमाले नेता श्री भगवान पटेल,स्थानीय नेता राजन साह लगायत एमाले पार्टीका नेता तथा कार्यकर्ता समेतको उपस्तिति रहेको थियो।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,