
-राजकुमार यादव
रौतहट न्यूज़// रौतहट जिल्लाको इशनाथ नगरपालिकाको वाड ६ पल्टुवामा पालिकाको बजेटबाट नवनिर्मित ब्रहमबाबाको मन्दिर इशनाथ नगरपालिकाको नगर प्रमुख संतोष कुमार मेहताले उद्धघाटन गर्नु भएको छ।

२० वर्ष पहिला स्वर्गिय रामदेव साहले अनुदान स्वरूप ब्रहम स्थानको लागी सो जागा दान गरेको थियो। हाल नगर प्रमुख मेहताको पहलमा मुल बाटो देखी मन्दिर सम्म १५० मिटर पक्की सड़क ढलान र मन्दिर सहितको कुल खर्च रकम २५ लाख सम्म भएको नगर प्रमुख मेहताले बताए। हिन्दुहरूको विभिन्न पुजामा सर्वप्रथम ब्रहमबाबाको पुजा गर्ने सभ्याता रहेको छ। सो सभ्यातालाई नगरप्रमुख मेहताले सम्मान गरेको पनि बताए।


सो मन्दिरको प्रागानमा आयोजित एक कार्यक्रमका बीच मेयर मेहता ले सो मन्दिरको उद्धघाटन गरेका हुन्। इशनाथ नगरपालिकाका नगरप्रमुख संतोष मेहताको प्रमुख अतिथ्य र नगरपालिका नगर उपप्रमुख हुस्नेयरा खातुनको उपस्तति तथा वाड ६ का वाडाध्यक्ष रामेश्वर साहको अध्यक्षतामा भएको मन्दिर उद्धघाटन समहारोमा नेकपा एमाले पार्टीका मधेश प्रदेशको प्रदेश कमिटी सदस्य किरन साह, वाड ४ का वाडाध्यक्ष शेख इद महम्द, वाड ९ वाडाध्यक्ष रामबाबु यादव लगायत विभिन्न तहतबकाका नेता तथा कार्यकर्ताको उपस्तिति रहेको थियो।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।