• -राजकुमार यादव

    रौतहट न्यूज़// रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७८ को तयारी पुरा भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।

    आज (शनिबार) मौलापुर नगरपालिकाले पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी मधानी महायज्ञ विशेष समारोह आयोजनामा हुने कार्यक्रम सार्वजनिक गरेको छ ।

    महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मेला, सांस्कृतिक कार्यक्रम तथा स्थानीयहरूको मांग अनुसार कुस्ती कार्यक्रम हुने मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले बताईन् । महादेव मन्दिर प्राङ्गणमा हुने महायज्ञको मुल समारोहको उद्घाटन फागुन १७ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तथा सहित संघका विभिन्न मन्त्रीहरुको उपस्थिति रहने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

    सोही दिन उद्घघाटन लगत्तै हुने सांस्कृतिक कार्यक्रममा भारतका भोजपुरी सिने जगतका सुपरस्टार कलाकार खेसारी लाल यादव, अभिनेत्री रानी चटर्जी, नेपाली सिनेमाका प्रख्यात कलाकार राजेश हमाल लगायत राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको सहभागी हुने मौलापुर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।