
-राजकुमार यादव
रौतहट न्यूज़// रौतहट जिल्लाको पश्चिम भेगमा पर्ने मौलापुर नगरपालिका वाड ८ सोनरनियाँ स्थित श्री राम जानकी मठबाट शुक्रबार भव्य कलश यात्रा निकालिएको छ । भव्य कलश यात्रामा १७ सय ५१ बालिका सहभागी भएका थिए । कलश यात्रामा सोनरनियाँ बजारबाट हात्ती, घोडा,गाजा बाजाको साथ सितलपुर हुदै मर्यादपुर, लाल बकैया नदीमा पुगेका थिए । जहाँ वैदिक मंत्रोच्चारण पछि कन्या कुमारी मर्यादपुर लाल बकैया टटबाट चिरचिरिया मौलापुर हुदै यज्ञ मंडप सम्म पुगेका थिए।

मूर्ति प्रतिस्थापन गरी आज प्राण प्रतिष्ठान यज्ञ गरिएको छ । मठ प्रागान भित्र नर्व निर्मित मन्दिरमा भगवान शिव,पार्वती, गणेश र राधा कृष्ण मुर्ति सुरक्षित स्थानमा राखी स्थापित विधि विधानअनुसार पूजा गरी मूर्तिमा प्राण हालिएको हो । सो प्राण प्रतिष्ठानमा सम्पूर्ण सोनरनियाँ टोलका जनता ,अग्रज, नेता र बुद्धिजीवि व्यक्तित्वहरूको उपास्तिति रहको थियो।

राम जानकी मठको प्रमुख महन्थ रामबालक दास बैरागीका अनुसार पाँच ओटा मुर्ति भारतको अयोध्याबाट ४ लाख ३१ हजार नेपालीमा खरिद भएको हो। यज्ञमा कुल लगत अंदाजी १४ लाख सम्म अनुमान रहेको बैरागीले बताए। भारत र नेपालको विभिन्न स्थान र परान्तबाट महन्थ पुग्ने गरेको हो। भारतको कुण्डवा समनपुर, मटिहानी र नेपालको विभिन मठबाट हालमा २८७ महन्थ पुगेका जनकारी गराए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।