–राजकुमार यादव
रौतहट न्यूज़/ लगतार किसान अन्दोलन गर्दै आएका जनमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचन न हुन दिनको लागि विरोध प्रदर्शन गरेका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज राष्ट्रियसभाको मधेस प्रदेशमा २ पदका लागि मतदान हुँदैछ । सो निर्वाचनलाई विथोल्ने प्रयास गरेका सिके राउतको कार्यकर्ता माथी प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो।,
धनुषा प्रहरीले जनमत पार्टीका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ भने प्रदर्शन तितरबितर तुल्याउन कयौँ राउण्ड अश्रुग्याँस प्रहार भएको छ । जनकपुरधाममा आज बिहानैदेखि मल खाद्य देऊ, मत लेऊ भन्दै किसानका नाममा सीके राउतका कार्यकर्ताले आन्दोलन गर्दै आएका छन् ।
निर्वाचनमा सहभागी हुन आएका जनप्रतिनिधि सवार गाडीमा तोडफोड गरेका छन् । बुधबार सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडी प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् ।
राष्ट्रियसभा सदस्य पदका लागि मतदान गर्न नगर प्रमुख प्रसाई र उपप्रमुख पौडेल प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा चढेर जनकपुर गइरहेका थिए । सोही क्रममा जनकपुरधामस्थित राम चोकमा जनमत पार्टीका कार्यकर्ताले गाडीमा तोडफोड गरेका हुन् । नगर प्रमुख प्रसाईलाई चोट समेत लागेको जनाइएको छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,