• -लक्ष्मण यादव

    रौतहट न्यूज़//आज सोमबार सर्लाही क्याम्पस मलंगवाका विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् ।

    पहिलादेखि सर्लाही क्याम्पस मलंगवामा कायम गरिएको स्नातक तह चौथो वर्षको परिक्षा केन्द्र बिना कुनै अग्रिम सूचनाको परीक्षा आउन एकदिन मात्र बाँकी रहँदा टि.यु परिक्षा नियन्त्रन कर्यालयले सर्लाही,बरहथवा स्थित बहुमुखि क्यम्पसमा सारेको भन्दै आपत्ती जनाउँदै सो क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन ।

    परीक्षाकाे मुखमा आएर एक्कासी परीक्षा केन्द्र सारिएको भन्दै आक्राेशित विद्यार्थीहरु आइतवारदेखि नै आन्दोलनमा उत्रिएरका छन्। आइतवार बिहानैदेखि उनीहरू क्याम्पस अगाडि नवलपुर-मलंगवा सडकखण्डमा टायर बालेर नाराबाजी सहित विराेध प्रदर्शन गर्नुका साथै पहिला कै परिक्षा केन्द्र कायम गर ,विद्यार्थी एकता जिन्दावादका नारा लगाउँदै मलंगवा बजारको परिक्रमा गरेका छन।

    जब सम्म आफुहरुको माग पूरा हुदैन तबसम्म आन्दोलन जारी रहने आन्दोलनरत संयुक्त बिद्यार्थी संगठनले चेतावनी दिएका छन् । चेतावनी स्वरुप पिडित विद्यार्थीहरुले सोमबार मलंगवा भरीका सम्पूर्ण सरकारी कार्यालय ,निजी तथा सरकारी शैक्षिक संस्था र यातायात बन्द गराएका छन् ।