• राजकुमार यादव

    रौतहट न्यूज़// बारा जिल्लाको पचरौता नगरपालिकामा आज सोमबार प्रमुख अतिथि पूर्व मंत्री प्रभु साहको उपस्तितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम नगर अधिवेशन सम्पन भएको छ।

    पुर्व प्रधानमंत्री माधव नेपालको लोकतान्त्रिक समाजवादी पार्टी र प्रचण्डको माओवादी पार्टी पेटीया पार्टी हो। यि पेटिया पार्टी हरू नेपालीहरूलाई गलत दिशामा लगदै गरेको बताउदै पूर्व मंत्री साहले एमाले पार्टी नै नेपाल र नेपालीलाई सही र समृद्धिको दिशा दिने बताउनु भएको छ। कम्यूनिष्ट पार्टीको नाउमा भोट लिएर कांग्रेस पार्टीलाई समर्थन दिने कम्युनिष्ट होइन पेटीया पार्टी हो। यस्ता पार्टीलाई चिन्न जरूरी रहेको साहले बताए।

    कांग्रेस पार्टीको स्वार्थ पुर्ति गर्ने व्यक्ति हसुवा हथौड़ी लिएर हिडेका व्यक्ति कम्युनिष्ट हुन सक्छ भने ? साहले सो कार्यक्रममा जनता संग प्रश्न गरेका छन्। प्रतिक्रियावादीको काम गर्ने व्यक्ति कहिले पनि कम्युनिष्ट हुन सकिदैन साहले बताए। नेकपा एमाले हाइबे पार्टी रहेको र प्रचण्ड र माधव नेपालको पार्टी पेटीया पार्टी रहेको पुर्व मंत्री साहले बताएका छ्न्।

    प्रदेश २ सरकार भ्रष्ट सरकार रहेको अरोप लगएका छन्। प्रदेश दुई सरकारले हाल सम्म सात अर्ब बजेट चलाएको हो। प्रदेश २ सरकारले मधेशमा ७ अर्वको विकास न गरेको र जनता आवासको रकम भ्रष्टचार गरेको भन्दै कार्यक्रममा पुर्व मंत्री साहले आरोप लगाएका छन्।