✍️लक्ष्मण यादव - रौतहट न्युज
जनमत पार्टीका सर्लाही,बरहथवा नगरपालिका संयोजक त्रिभुवन सिंहको पहलमा बिचल्ली अवस्थामा रहेका सर्लाहीका ८ जना कामदार लाई साउदी अरेबियामा उद्घार भएको छ।
लगभग दुई (२) महिना पहिला काठमाडौ (तिलगंगा) स्थित All Harmain manpower बाट कम्पनी भित्र क्लिनर को काम हो भनी झुक्याएर सर्लाही बरहथवा नगरपालिका वडा न.११ निबासी राजकुमार दास तत्मा,भागरिथ राय यादव,सुरेन्द्र राय,रमेश राय र सर्लाही, बसबरिया गाउपालिका वडा न.५ निबासी हरिनारायण राय,संजीव यादव, वडा न.६ निबासी रामदुलार राय तथा वेलही निबासी राजकरण राय लाई साउदी अरेबिया पठाइएको थियो।
दुई महिना बितिसक्दा पनि काम नपाएर बिचलित भएका उक्त ८ जना नेपाली कामदार लाई त्रिभुवन सिंहको पहलमा साउदी अरेबिया मा रहेका जनमत पार्टीका गैर आवासीय संघ नामक संगठन द्वारा उद्घार गरिएको छ।

उद्घार गरिएका कामदारहरुलाई नेपाल MBC लाई जिम्मा लगाई पाँच (५) दिन भित्र काम नपाएमा उक्त ८ जना कामदारलाई सकुशल नेपाल ल्याउनुपर्ने सर्त सहित All Harmain manpower शीत तमशु कागजातमा हस्ताक्षर समेत गराएका छन ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।