–राजकुमार यादव
रौतहट न्यूज़//
टिपरको ठक्करबाट रौतहटमा आइतबार राती करिब ९ बजे एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका-९ लक्षमिया बस्ने ५० वर्षीय मोटरसाइकल चालक खेदु चौधरीको रहेका छन् ।
बा३०प ८११५ नम्बरको मोटरसाइकललाई गुगल निर्माण सेवाको ना८ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटना लगत्तै टिपर चालक फरार भएका थिए । टिपर चालक भरतलाल रूम्बा लाई सोमबार प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक विष्णु विश्वकर्माले बताएका छन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता रहेका स्थानीयले बताए ।
प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । चौधरीको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयवासीको आरोप छ । प्रहरी निरीक्षक विश्वकर्माले टिपर धनी र चालकलाई जोगाउन हतार हतारमा घटनालगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पीडित परिवारको आरोप छ ।
प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फुटेको छ । र २ ओटा प्रहरी पनि घाइते भएका छन् । अन्दोलन नियन्त्रण गर्नको लागी प्रहरीले ३ओटा आश्रुव ग्यास प्रहार गरेको हो। आज दिन भरी प्रदर्शनकारीहरु प्रहरी कार्यालय अगाडि बाटो अवरुद्ध गरेर धर्नामा बसेका थिए । धर्नाको अगुवाई फतुवा विजयपुर नगरको एमाले पार्टीका नगर अध्यक्ष विजय यादव निर्विज र फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतोले गरिरहेकी छन्।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,