• राजकुमार यादव

    रौतहट न्युज़// मौलापुर नगरपालिका स्थित श्री जनता माध्यमिक विधालय सोनरनियाँले आज सोमबारको दिन आर्थिक बर्ष २०७६/०७७ को चैत मसान्त देखी आ.व.२०७७/०७८ असाढ मसन्त सम्मको आय व्यय सार्वजनिक गरेका छन्।

    विभिन्न शिर्षकको जम्मा रकम ३ करोड ५८ लाख २८ हजार ८ सय ४९ रुपैयाँको आ.व प्रस्तुत गरी सामाजिक लेखा परिक्षणको लागी प्रस्तुत गरी सार्वसहमती बाट पारित गारिएको छ। गत वर्षमा नमुना विधालयको कुल रकम १ करोड ५० लाख र विगत वर्षको बचत रकम समेत जम्मा भएको उक्त रकम खर्च गरिएको प्र.अ. राजेन्द्र साहले जनकारी गराउनु भयो।

    सो रकमबाट चारकोठे भवन,कम्पाउन्डवाल निर्माण भई सकेको र १२ कोठे तीन तल्ले भवन निर्माणधीन अवस्थामा रहेको व्यवहरा प्र.अ. साहले जनकारी गराउनु भएको भयो। साथै विज्ञान प्रयोगशाला,सि.सि. केमरा जडान र अत्याधुनिक सपवेयर इंस्टालेशन गरिएको लगायत अन्य भौतिकपूर्वधारमा समेत खर्च भएको व्यवहरो जनकारी प्राप्त भएको हो।

    आर्थिक वर्ष सार्वजनिक कार्यक्रममा समाजसेवी जयराम यादव,नागेन्द्र प्रिंयदर्शी,पशुराम यादव,रामाकान्त यादव, वाडा सदस्य रामाकन्त पटेल लागाय विभिन्न पार्टीका नेता तथा कार्यकर्ता,वुद्धिजिवी,शिक्षक र स्थानीयहरूको उपास्तिति रहेको थियो।