• राजकुमार यादव

    रौतहट न्यूज़// प्रदेश २ को ऐतिहासिक महानगर विरगंज, सर्लाहीको ईश्वरपुर, धनुषाको सबैला लगायतका स्थानहरुमा आजपनि उत्साहवर्धक जनसहभागिता सहित राष्ट्रघाती मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आईटी आर्मीले कालो पट्टी बाँधी सम्बन्धित महानगर विरगंज र ईश्वरपुरको राईटरखोर कदम चौकदेखि प्रसिद्ध चौलिखा बजार परिक्रमा गरेका छन् ।

    विरोध प्रदर्शनमा सहभागीहरुले“देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी, नो एमसीसी” लगायतका नाराहरु लगाउँदै विरगंजमा मोटरसाईकिल र्याली तथा सर्लाही र धनुषामा विदेशी शक्ति केन्द्रको भ्रष्ट दलाल ऐजेन्ट प्रवृत्तिका व्यक्तिहरुको सांकेतिक रुपमा पुतला समेत दहन गरेको छ ।

    एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भ‌एकाले यसले मुलुकलाई अस्थिरता तर्फ लगि विनाशको बाटोमा पुर्याउने हुँदा कुनै पनि शर्तमा यो सम्झौता लागू गर्न नहुने आईटी आर्मीका प्रवक्ता विजय यादव निर्विजले बताए ।

    उनले अहिले सत्ताधारी गठबन्धन र कठपुतली सरकारले सदनबाट एमसीसी पास गर्न तर्फ अग्रसर भ‌एकाले त्यस्तो दुस्साहस नगर्न सरकारलाई चेतावनी दिँदै त्यसो गरेमा राष्ट्रव्यापी सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ ।