Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rautahatnews/public_html/wp-includes/functions.php on line 6114
वडा अध्यक्षले खाइदिए प्रधानमन्त्री रोजगार कार्यक्रममा मजदुरहरूको पैसा - Rautahat News
  • लक्ष्मण यादव - रौतहट न्युज

    रौतहट न्यूज़//प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम मा वर्षेनि करोडौं रुपैया खर्च हुन्छ।यस्तो कार्यक्रम बाट कति मान्छे रोजगार हुन्छन् र कति ब्याक्ती भ्रष्टाचारी बन्छन् भन्ने एक घटना हामी सप्रमाण प्रस्तुत गर्दैछौं।सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा न•११ का वडाअधक्ष राम कलाश मुखियाले प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका २८ जना मजदुरको प्रती ब्याक्ति रु १६-१६ हजार रुपैया आफैले खाइदिए।

    आज भन्दा ५ महिना अगाडि प्रधानमन्त्री रोजगार कार्यक्रममा इसरदेवी मुखिया,भिखियादेवी मुखिया लगायत अन्य २६ जनाले १-१ महिना काम गरेका थिए। एक महिना काम गरेबापत प्रती ब्याक्तीको ज्याला रु• २१९०० हुनुपर्नेथियो तर वडाअधक्ष मुखियाले प्रति ब्याक्ती रु• ५-५ हजार दिएर बाकी पैसा आफैले खाइदिए।

    वडाअधक्ष मुखियाले जागीर लगाइदिन्छु भनेर स्थानीय महिलाहरूलाई भेला पारेका थिए।उनिहरु सबैको नागरिकता लिएर बैंकमा खाता पनि खोलिदिए तर नागरिकता चाहिँ आफैले राखे। जब ज्याला संबंधितको खातामा जम्मा भयो त्यस पछि सबै पैसा झिक्न लगाए। ५ हजार श्रमिकलाइ दिएर बाकी पैसा आफै राखे।

    पैसा नदिएसम्म नागरिकता नदिने तरिका अपनाएर वडाअधक्ष मुखियाले हिनामिना गरेको पीडित मजदुर महिलाहरूले आरोप लगाएका हुन। वडाअधक्ष मुखियाको भ्रष्टाचारको शैली थाहा पाएपछि १० महिलाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महोत्तरी शाखामा निवेदन दिएका हुन।।