
रौतहट न्यूज़//
शाही युवा शक्ति नेपालका केन्द्रिय सदस्य रन्धिर कुमार दासले Comedy Champion Show तथा उक्त Show का सम्पुर्ण Team प्रति आक्रोश पोख्दै ईतिहास, अस्था तथा पहिचानमाथिको खेलवाडलाई बन्द गर्न सुझाव दिएका छन ।


Comedy Champion को ३४ औं एपिसेडमा भरतमणि पौडेल नाम गरेका Contestant ले पारश विक्रम शाहको Caricature गरेका थिए । राष्ट्र निर्माताका सन्तानहरु प्रति वा कुनै पनि व्यकि विषेशको बिना अनुमति मजाक उडाउने अधिकार कसैलाई पनि न रहेको प्रष्ट पार्दै गत वर्ष पनि यही Comedy Champion Show बाट माता सिता प्रति एउटा Contestant ले व्यंग गरेका थिए । वहाँले अगाडी भन्नु भयो कठै मेरो देश आज पुरै विश्व आफ्नो ईतिहास तथा पहिचान जोगाउनमा लागि परेको बेला हामीले आफ्नो ईतिहास र पहिचानको व्यंग उडाउदै आफ्नो पहिचान हामी आफ्नै सखाप पार्दै छौं ।

पटक पटक मानिसका अस्था तथा नेपालको पहिचान माथि व्यंगयको रुपमा भईरहेको हमला प्रति शाही युवा शक्ति नेपाल तथा सम्पुर्ण नेपाली कदापी सहेर बस्न सक्दैन । यस्ता प्रकारका गतिविधहरु तत्काल बन्द गरिएन भने यस्ता कुकृत्यमा सहभागी कार्यक्रमको जज तथा Contestant माथि भौतिक कारवाही गर्न पनि पछि न हटने कुरा प्रष्ट पार्नु भयो । व्यंगयको नाममा जे पाए त्यही गर्न पाईदैन । शाही युवा शक्ति नेपालका केन्द्रिय सदस्य दासले जनकारी गराए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।