
रौतहट न्यूज़/ बारा जिल्लाको बारागढी गाउँ पालिकामा हाल सम्म सामाजिक सुरक्षा भता बितरण हुन सकेको छैन । गाउँ पालिका प्रमुख देवदत बछार थारु र प्रमुख प्रशासकिय अधिकृत अमोध चौधरीको लापरबाहीको कारण हाल सम्म सामाजिक सुरक्षा भता बितरण नहुंदा सैयौं परिवार समस्यामा परेका छन ।

पटक पटक सामाजिक सुरक्षा भता बितरण गर्न सेवाग्राहीले अनुरोध गर्दा पनि बितरण हुन नसकेको बारा गढी गाउँ पालिकाको समाजसेवी तथा बिधायक प्रत्यासी सुरेस बैठाले गुनासो गरेका छन् ।


गाउँ पालिका प्रमुख देवदत बछार थारु र प्रमुख प्रशासकिय अधिकृत अमोध चौधरी संग कुरा गर्दा केही सेवाग्राहीको नाम पठाउन छुटेकाले ढिलो भएको स्विकार्दै सामाजिक सुरक्षा भता यो महिना भित्रै बितरण हुने प्रतिक्रिया दिएका छन ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।