• ललन यादब भदौ ३ गते।रौतहट ।

    रौतहट न्यूज़// रौतहट जिल्लाको माधव नरायण नगरपालिकामा राहतको सामाग्री कुहाएको भन्दै स्थानीयले वडा नम्बर ६ कार्यालयको अगाडि बिरोध प्रदर्शन गरेका छन । वडा अध्यक्ष राजिव यादवले राहत सामग्रि कुहाएको विषयलाई लिएर स्थानयीयहरुले विहिवार बिरोध गर्दै प्रदर्शन गरेको हो।

    सोही वडाका वडा सदस्य बिर बिपुल साह का अनुसार वडा कार्यालयको भवनमा वडा अध्यक्ष यादवले प्रदेश सरकार तथा विभिन्न निकायबाट प्राप्त भएको चामल ३०० बोरा,दाल ३०० किलो,नुन ३०० पोका र तेल ३०० लिटर को राहत सामग्रि कुहाएर नष्ट गरेको देखेर स्थानीयहरुले बिरोध गरेपछि वडा अध्यक्ष यादव ले उक्त राहत सामाग्रीहरु प्रकृतिक विपदहरु जस्तै बाढी पिडित, अगलागी पिडित लगाएतलाई आवश्यक परेको बेलामा वितरण गर्न केही सामाग्रि स्टक गरेर राखेको र धेरै दिन भएपछि सो सामाग्री कुहिएको उनले बताएको वडा सदस्य साहले जानकारी दिए।

    साथै आफ्नो समाजिक संजाल बाट आफुले १/२ दिन भित्रै सो राहत सामाग्री बाडिदिने भनेपछि स्थानीयले राहत लिन वडा कार्यालय पुगेको र त्यहाँ गएपछि वडा अध्यक्ष र वडा सचिव समेत न रहेको देखेर स्थानीयहरु आक्रोशित हुदैँ वडा कार्यालय घेराउ गरी विरोध प्रदर्शन गरेको वडा सदस्य साहले बताए ।

    वडा कार्यालय को भवनमा राखेको राहतका सामाग्रीहरु निकाल्न स्थानीयले कोठामा लगाएको ताल्चा समेत तोड्नलाग्दा माधोपुर प्रहरी चौकी बाट आएको असई रमानन्द यादवको टोलीले सम्बन्धित व्यक्ति न रहेको हुदा कोठाको ताल्चा तोड्न न मिल्ने भन्दै रोक लगाएपछि ताल्चा तोड्नबाट जोगिए। गरिब जनता राहत नपाएर भोकै छटपटाए पनि कसैलाई वितरण नगरी एक साल देखि स्टोरमा थन्काएर चामल, दाल लगाएतका खाद्यान सामग्रि कुहाएको भन्दै स्थानीयहरुले वडा अध्यक्ष यादवको बिरुद्ध प्रदर्शन गरेका छन् ।

    कोरोनाबाट आक्रान्त बनेको समय गरिब, असहाय तथा निमुखा जनताका लागि विभिन्न निकायले उपलब्ध गराएको लाखौ मुल्य बराबरको खाद्यान सामग्रि कसैलाई वितरण नै नगरी स्टोरमा थन्काई राखेर कुहाएको भन्दै स्थानीयहरुले वडा अध्यक्ष यादवको विरुद्ध बोल्दै जनप्रदर्शन गरेका छन ।

    कोराना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि रौतहट प्रशासनले जारी गरेको निषेधाज्ञाबाट प्रभावित भएका अति गरिब परिवारलाई वितरण गर्नका लागि प्रदेश सरकार लगाएत विभिन्न दातृ निकायहरुले नगरपालिकालाई चामल, दाल, खाने तेल लगाएतका खाद्यान सामग्रि सहयोग गरेको थियो । सोही नगरपालिकाको अरु-अरु वडामा वितरण भइसकेको र वडा नम्बर ६ मा सो सामग्रि मध्ये केही सामग्रि मात्र वितरण गरेर उक्त राहतका सामाग्रीहरु थन्क्याएर स्टक गरी राखेको कारण नष्ट भएको स्थानीयले गुनासो गरेका छन।

    कार्यालय संचालन हुने समयमै वडामा वडा अध्यक्ष र वडा सचिव समेत न रहेकोले,हामिले यस विषयमा सम्पर्क गरेर बुझ्न खोज्दा वडा अध्यक्ष राजिव यादव र वडा सचिव उमेश यादव को मोबाइल नम्बरमा सम्पर्क हुन सकेको छैनन्।