–राजकुमार यादव
रौतहट न्यूज़//
रौतहट जिल्लाको मौलापुर नगरपालिका वाडा-२ दलितबस्ती मर्यादपुरमा आज करीब १० बजेको समयमा हृदे माहारा चमारको छोरा ३६ वर्षिय प्रमोद महारा चमारले घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । मृतककी श्रीमती, दुई छोरी,एक छोरा, ६ भाई र बुबाआमा सहित घरमा कुल ३२ जाना सदस्य रहेको हो ६ भाई मध्ये मृतक माहारा सइलो रहेको महराको बुवा हृदे महराले बताउनु भयो। माहारा विगत केही महिनादेखि मानसिक अवसाद (डिप्रेसन) मा रहेको माहाराको बुवाको भनाई छ ।
आफ्नै सुत्ने भुसको घरमा कपडाको पासो लगाइ उनले आत्महत्या गरेको छ । झुण्डिरहेको अवस्थामा आफन्तले देखेपछि ईलाका प्रहरी कार्यालय मौलापुरलाई जनकारी गराएको थियो। प्रहरीको र वाडाध्यक्ष रोहबरमा शवको पासो फुकाइ सो घटना बारे घटनास्थलमा शव जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गरेको छ । महाराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको छ।
महामारी सुरू हुनुअघि २०७६ फागुनमा ४१७ ले आत्महत्या गरेको तथ्यांक छ । २०७७ असारसम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा बढी ९६६ पुग्यो । साउनपछि कम हुँदै फागुनमा ४९९ जनामा झरेको आत्महत्याको संख्या गत वैशाख र जेठमा पुनः बढ्यो । जेठमा ६६१ जना अर्थात् हरेक दिन औसत २१ जनाले आत्महत्या गरेको देखिन्छ ।
आत्महत्याको मुख्य कारण रोजगारी, गरिबी र हिंसासँग जोडिन्छ । मानिसमा आइपर्ने मानसिक विचलनलाई समयमा नबुझिदिँदा, व्यक्तिले आफ्ना समस्या व्यक्त नगर्दा आवेशमा आत्महत्या गरेको देखिन्छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,