
रमेश कुमार यादब
श्रावन ०५ ,रौतहट
रौतहट न्यूज़// रौतहट जिल्लामा नेकपा एमालेको भातृ संगठन युवा संघ रौतहटले एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि माधव नेपालको पुत्ला दहन गरेको छन ।रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि माधव नेपालको पुत्ला दहन साथै बिभिन्न नरा लगाउदैँ नाराबाजी गरेका छन ।

मंगलबार युवा संघ नेपालका कार्यकर्ता तथा अनेरास्वबियुले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि नेपालविरुद्ध चन्द्रनिगाहपुर स्थित उनकै घर अगाडि बिभिन्न नाराबाजी गदै पुत्ला दहन गरेका हुन् । आफनो पार्टीका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएपछि रौतहटमा नेपालको पुत्ला दहन गरेको युवा संघ रौतहटका संयोजक रवि राना मगरले जानकारी दिएका छन् ।

युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् । माधब नेपालको गद्दारी र अन्र्तरघाती बिरुद्ध आफुहरु आन्दोलनमा उत्रिएका नेकपा एमाले चन्द्रपुर नगर कमिटिका सचिब राजेन्द्र तिवारीले बताए । यस्ता नेताको पार्टीमा कुनै आवश्यकता नभएको सचिब तिवारीको धारणा रहेको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।