–रमेश कुमार यादब
रौतहट//रौतहटमा कोरोना भाईरसको प्रकोप कम हुँदै जाँदा बिभिन्न ठाउँमा रहेको मालपोत कार्यलयहरु दिनको अनुसार सेवा प्रदान गर्ने भएको छ ।रौतहटमा मंगलबारदेखि मालपोत कार्यालयहरु सञ्चालनमा आउने भएका छन ।
रौतहटका कोरोना महामारीको जोखिम कायम नै रहेको भएता पनि स्वास्थ्य तथा सुरक्षाको पुर्ण रुपमा पालना गरि मंगलबाट रौतहटमा सञ्चलनमा रहेका सम्पुर्ण मालपोत कार्यालयहरुको सेवा प्रवाह हुने भुमिसुधार तथा मालपोत कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रशासन कार्यलय गौर रौतहटको आदेश नं. ख अनुसार र रौतहट जिल्लाको नापी कार्यलय चन्द्रनिगाहपुरका नापी कार्यलयका नापी अधिकृत सँजय कुमार साहद्धारा जारी गरिएको सुचनमा चन्द्रनिगाहपुरमा रहेको नापी कार्यलयबाट नक्सा प्रिन्ट हुने सेवा बार अनुसार गरेको छ ।
बार अनुसार आइतबार र सोमबार ,बृन्दावन नगरपालिका र फतुवा बिजयपुर नगरपालिका , मंगलबार र बुधबार चन्द्रपुर नगरपालिका , त्यसैगरि विहिबार र शुक्रबार गुजरा नगरपालिका र कटहरिया नगरपालिकालाई सेवा प्रवाह हुने नापी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । कोरोना संक्रमितको संकट यथावत रहेकाले सेवाग्राहीले सेवा लिन आउदा अनिवार्य रुपमा मास्क लगाएर आउने र समाजिक दुरि कायम गरि सेवा लिने ,भिडभाड नगर्न चन्द्रनिगाहपुर नापी कार्यकलयका नापी अधिकृत सँजय कुमार साहले सम्पुर्ण सेवा ग्राहीमा हार्दिक अपिल गर्न भएको छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,