–राजकुमार यादव
रौतहट न्यूज़// सिम्रौनगढ़ नगरपालिकाले आज पाचौ नगरसभा सम्पन्न गरेका छन् । पाचौं नगर सभाबाट ३२ कराेड ३ लाख ४८ हजारकाे बजेट प्रस्तुत नगर प्रमुख बिजय शंकर यादवले गरेका थिए ।
आ.ब. ०७८/०७९ को अनुमानित आय वितिय समानिकरणा अनुदान १४ करोड ७३ लाख, राजस्व वाडफाड ८ करोड ९४ लाख ५८ हजार,आन्तरिक श्रोत २ करोड ६१ लाख ,प्रदेश ७५ लाख र अन्य प्रस्तावित आय ५ करोड़ गरी जम्मा आय ३२ करोड ३ लाख ५८ हजार बजेट नगर सभाबाट नगर प्रमुख यादवले घाेषणा गर्नु भएको छ।
चालु खर्च तर्फ ९ करोड़ र सामाजिक विकास क्षेत्र तर्फ ५ करोड,अर्थिक विकास क्षेत्र तर्फ ५० लाख, भौतिक पूर्वाधार विकास तर्फ ११ करोड़ ४४ लाख ५८ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ३ करोड, संस्थागत विकास सेंवा प्रवाह सुशासन तर्फ १ करोड़,सम्पुरक १ करोड ९ लाख र शसर्त कार्यक्रमतर्फ २१ करोड ८९ लाख रहेको हो।
कार्यक्रममा नगर प्रमुखले सिम्रौनगढ नगरपालिका बारा जिल्लाकाे पर्यटकिय स्थल मध्ये एक स्थल बताए छन्। यस पर्टकीय स्थललाई बिकाश गर्नको लागि आफू नगर प्रमुख भए देखि नै लागिपरेकाे समेत बताएका थिए। सो कार्यक्रममा नगरपालिकाकाे उप मेयर रिमा देवी कुशवाहा, निमित्त कार्यकारी अधिकृत बिरेन्द्र प्रसाद साह, याेजना अधिकृत जितेन्द्र यादव, लेखा अधिकृत सर्मेन्द्र कुमार चौधरी, वाडा अध्यक्ष अरविन्द कुमार यादव, खुसिलाल कुसवाहा,रमेश कुशवाहा ,दामाेदर लाल,शंकर साह कानु, सुमित कुमार जयसवाल,वाडा सदस्य हलिमा खातुन पारस राय यादव अछेलाल पडित नेपाल प्रहरी र सस्त्र लगायत कार्यपालिका सदस्य संञ्चारकर्मी लगायतकाे सहभागितामा नगर सभा सम्पन्न भएको थियो।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,