


रौतहट न्यूज़ – नेपालमा कोरोना संक्रमण महामारी तिव्र भएपछि १३ वटा नाकाबाट मात्र आवातआवतको अनुमति दिएको छ। संक्रमणको मध्यनजर गर्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिसमा सरकारले १३ वटा नाकाबाट मात्र आवातजावतको अनुमति दिएको छ। ती १३ वटा नाका रहेका जिल्लाहरुबाट मात्र नेपाल प्रवेशको अनुमति दिइएको छ।

दार्चुलाको पुलघाट, बैतडीको झुलाघाट, कन्चनपुरको गड्डाचौकी,कैलालीको गौरीफन्टा, बाँकेको जमुनाहा, कपिलवस्तुको कुष्णनगर, रुपन्देहीको बेलहिया, पर्साको वीरगन्ज, रौतहटको गौर, धनुषाको भित्तामोड, मोरङको जोगवनी, झापाको काकरभित्ता र इलामको पशुपतिनगर नाकाबाट मात्र आवातजावतको प्रवेश बिन्दुका रुपमा तोकिएको छ।

यी नाकाबाट नेपाल छिर्ने बित्तिकै सिमामा सरकारले स्थापना गरेको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आफ्ना विवरण टिपाउनुपर्ने र नेपाल आएपछि अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।