
रौतहट न्यूज़//
जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सांसदहरुलाई गरेको कारबाही मान्य नहुने बताएका छन् ।
बिहीबार लुम्बिनी प्रदेशसभाका आफ्ना चार जना सांसदलाई पदमुक्त गरिएको विषयमा नेता महतोले फर्जी कारबाही मान्य नहुने बताएका हुन् । उनले उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले गरेको कारबाही आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् ।


उनीहरुलाई कारबाही गर्नका लागि कार्यकारिणी समितिको बैठक नै नबसेको भन्दै नेता महतोले प्रदेश सभाका बहुमत सांसदलाई कसैले कारबाही गर्न नसक्ने भन्दै उक्त निर्णय कार्यन्वयनमा नआउने बताए ।

जसपाले अध्यक्षद्वय उपेन्द्र यादव र डा. बावुराम भट्टराईले पार्टी निर्णय विपरित कार्य गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।