• राजकुमार यादव

    रौतहट न्यूज़// गढीमाई नगरपालिका वडा ७ धर्मपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दई सय पचास सयभन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । गढीमई नगरपालिकाको नेपाली कांग्रेस वार्ड कार्य समितिले आज मंगलबार राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।

    सो कार्यक्रममा प्रमुख अतिथि पूर्व माननीय तथा रौतहट जिल्लाको नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति कृष्णा प्रसाद यादव, गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव, नगर उप प्रमुख सुभद्रा देवी गुप्ता, वाड ६ का वाडा अध्यक्ष रामसिहासन यादव, वाड ७ का वाडा अध्यक्ष जुवेर अंसारी, अपाङ्ग लोकतान्त्रिकका अध्यक्ष नितेश कुमार गुप्ता र क्षेत्र नं १ नेपाली कांग्रेसका विधायक प्रत्यासी गजेन्द्र यादव प्रत्यासी विधायक राजेश चौधरीको उपस्तिति रहेको थियो।

    जनताको प्रत्यक्ष रूपमा सम्मान हकतितका लागी लड़ई लड़दै आएका एक मात्र नेपाली कांग्रेस पार्टी रहेको नगर प्रमुख यादवले बताएका छन्। विस वर्ष जनप्रतिनिधी अस्त विहिन रहेको कारण देशमा विकासको गति कमजोर रहेको २०७४ साल देखी कार्यभार सम्हालेर नगरको प्रत्येक स्थानमा विकासको गतिमा जोर दिएको नगर प्रमुख यादवले बताए।

    त्यस्तै सभापति यादवले देशको करुनाधार यूवालाई विशेष धन्यवाद दिएको हो। दुई तुहाई रहेका सत्तारूढ नेकपा पार्टीको घेराबन्दीमा जनता रहेको छ। दुई तिहाईको सरकारले देशलाई वीस वर्ष पछाडी धकेलेको हो। नेकपामा भागभन्डा नमिलेको कारणले नेकपा टुक्रा टुक्रा हुदै छ सभापति यादवले बताए। नेपाली कांग्रेसको अवधरणा अनुसार स्वास्थ्य चौकी,विधालय,शहर र सडकको मैपमा काम भई रहेको सभापति यादवले बताएका छ्न्। नेपालको प्रकृति सम्पती पहाड,जल,जंगल,झिल र ताल माथी नेपाली कांग्रेसको विशेष ध्यान रहेको बताएका छ्न्। नेपाली नागरीकको हत्या गरेर माऔवादी पार्टी ले हाल विभिन्न स्थानका मंत्री रहेको हो। हत्या हिमंसा गरेर देशमा परिवर्तन हुदैन प्रचण्डको रवैया हल सम्म त्यस्तै रहेको सभापति यादवले बताएका छ्न्।

    अपाङ्ग नेता गुप्ताले लोकतन्त्र कमजोर रहेको बताए। गुप्ताले क्षेत्र नं १ का माननीय अनिल झाले भ्रष्टाचार गरेको अरोप लगाउनु भएको छ। सखुआवा र जयनगर जाने विरेन्द्र राजमार्ग नजिक नव निर्मित अस्पतालमा पोखरी खनेर भ्रष्टाचार गरेको अपाङ्ग यूवा नेता गुप्ताले अरोप लगएका छ्न्।

    विभिन्न पार्टीबाट पार्टी प्रत्यग गरी आएका  नव प्रवेशीहरूलाई पुर्व माननीय र नेपाली कांग्रेसका रौतहट जिल्लाको जिल्ला सभापति कृष्ण प्रसाद यादव र नगर प्रमुख श्याम प्रसाद यादवले टिका र फूलमाला लगाई सम्मान गरेको हो।

    सो कार्यक्रम समाप्त पछि श्री माध्यमिक विधालय धनाडी धर्मपुरमा नगर प्रमुख यादवले प्रतिवद्धता अनुकुल चार कोठली भवनको शिलन्यास गर्नु भएको छ। पशुपति निर्माण सेवा द्वारा ५० लाखको टेन्डरमा सो भवन निर्माण हुने भएको छ।