• ०२ बैसाख २०७८
  • (Thursday 15 April, 2021)
    255
    Shares

    अजय यादव वियोगी

    रौतहट न्यूज़/”शिक्षकको मर्यादित पेसा ,बिधार्थीलाई जीवनोपयोगी शिक्षा”भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति प्रदेश नम्बर -२ को दोस्रो र तेस्रो प्रतिनिधिसभाको उद्दघाटन सत्र वृन्दावन नगरपालिका -८मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयबरगजवाको प्राङ्गणमा सम्पन्न भएको छ ।

    प्रदेश नम्बर -२ कार्यसमितिको आयोजना तथा नेपाल शिक्षक संघ रौतहटको व्यवस्थापन कार्यक्रम सम्पन्न भएको हो ।उद्घघाटन सत्र नेपाल शिक्षक संघका प्रदेश अध्यक्ष मेघराज प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री डा.शंसाक कोईराला रहनु भएको थियो ।विशिष्ट अतिथिहरुमा नेपाली काँग्रेसका महिला नेत्री एवम् पूर्व शिक्षा मन्त्री चित्रलेखा यादव ,नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्र राज पौडेल रहनु भएको थियो ।अतिथिहरुमा विधालयका प्रधानाध्यापक रामकृपाल यादव ,शँकर भण्डारी ,डा.शोभाकर पराजुली ,रमेश रिजाल ,जितेन्द्र प्रसाद यादव ,कृष्णप्रसाद यादव उमाकान्त चौधरी, गंगा प्रसाद यादव ,परमहंस प्रसाद यादव ,मनोज प्रसाद यादव ,अवध प्रसाद गिरी ,सीता देवी लगायतका रहनु भएको थियो ।

    नेपाली काँग्रेसका महामन्त्री डा.शंसाक कोईरालाले प्रमुख आतिथ्यको आसनबाट बोल्दै अबको प्रगति शैक्षिक क्षेत्रमा गर्नुपर्ने आवश्यता रहेको बताउनु भएको छ । विगतमा नेपाली काँग्रेसले शैक्षिक क्षेत्रमा धेरै सुधारका कार्यक्रम गरेपनि अहिलेको सरकारको आएको जिम्मेवारी ईमानदारीताका साथ निभाउनुपर्ने आवश्यता आएको प्रमुख अतिथि कोईरालाले बताउनुभयो । शिक्षा नै देशको मेरुदण्ड भएकोले सबैले सहयोग गर्नुपर्ने अावश्यता रहेको प्रमुख अतिथि डा.शंसाक कोईरालाले बताउनुभयो । उद्दघाटन सत्रमा बोलेका अधिकाँश वक्ताले स्थानीय तहमा शिक्षा आएको कारण बेथिति आएको बताउनुभयो ।

    कार्यक्रममा ११० विधालयका प्रतिनिधिहरुलाई सम्मानित गरेका थिए ।बाराका श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बरेवा कलैयाका प्रधानाध्यापक मनोज प्रसाद यादव सम्मानित भएको नेपाल शिक्षक संघ बाराका अध्यक्ष प्रमहंस प्रसाद यादवले बताउनुभयो । विधालयमा सबै व्यवस्था एक व्यवस्थित बनाईएको र कार्यक्रम सभ्य ढंगले सफल भएको विधालयका सहायक प्रधानाध्यापक मुकेश कुमार यादवले बताउनुभयो ।प्रदेश भरिको शिक्षकको व्यवस्थापनमा कुनै कमि नभएको सहायक प्रधानाध्यापक यादवको भनाई रहेको छ ।