• ०२ बैसाख २०७८
  • (Thursday 15 April, 2021)
    85
    Shares

    रौतहट न्यूज़// रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको नगर प्रमुख संतोष मेहताले वडा नं ६ जोकहामा नगर स्तरीय योजना अन्तर्गत अधारभुत स्वास्थय चौकी सिलान्यास कार्यक्रम भाव्य रुपमा सम्पन्न गरेको हो।

    यस नगरपालिका स्थित रहेको आम नागरिकहरूको स्वास्थलाई ध्यानमा राखी  सो भवन ३८ लाखको लगतमा चार कोठलीको स्वास्थ चौकी निर्माण हुने भएको छ। बर्षौ देखि सानो रुखा खोकीको उपचारलागि लामो दुरीको यात्रा धाउनु परेको मा अब स्वास्थ जाँच गाउँमै हुने उदेश्यले नगर प्रमुम मेहताले स्वास्थ्यमा ध्यान पुर्याउनु भएको मेहता ले बताए। लामो दुरी धाउनु न पर्ने स्वास्थ्य चौकी जाने झन्झट अबको केही महिना मै समाप्त हुने मेयर मेहताले  विश्वास व्यक्त गरे । शिलान्यास कार्यक्रममा नगर प्रमुख सन्तोष मेहता उप प्रमुख हुस्नेआरा खातुन , सोही वाडाका वाडा अध्यक्ष र वार्ड सदस्य शेख सर्फुदिन सहित विभिन्न तह तपकाका नेता तथा कार्यकर्ता हरूको उपास्तिति रहेको थियाे।