
पर्सा सम्वाददाता:-
विरेन्द्र साह
रौतहट न्यूज//
लागुऔषध खैरो हिरोइनसहित प्रहरीले वीरगञ्जबाट १७ वर्षीय एक यूवा लाई पक्राउ गरेको छ।बीरगञ्ज महानगरपालिका वडा नं.१४ पावर हाउस चोक स्थितमा खटिएको लागु औषध नियन्त्रण ब्युरो बीरगञ्ज पर्साको प्रहरी टोलीले प्राप्त सूचना अनुसार चेकजाँच गर्ने क्रममा १७ बर्षिय यूवा माथि शंका लागी शरीर रीतपूर्वक खानतलासी गर्दा उनले बोकेको ६ वटा सेतो प्लाष्टिकको पोका भित्र लुकाइछिपाई ल्याएको लागु औषध खैरो हिरोईन ३० ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।

प्रहरी द्वारा पक्राउ परेका यूवाको नाम खुलाउनको लागि फोन सम्पर्क गर्दा पर्सा नायब उपरीक्षक खनालले अनुसंन्धानको प्रक्रिया चलिरहेको ले पक्राउ परेका व्यक्तिको नाम खुल्लाउन न मिलने बताउनु भयो। पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन । उनि बिरगंज महानगरपालिका वडा नं.१३ निवासी हुन । फेला परेको उक्त लागु औषध बरामद गरी यूवा लाई नियन्त्रणमा लिई शुक्रबार जिल्ला अदालत पर्सा बाट ५ दिन म्याद थप गरी अनुसन्धान भैरहेको प्रब्क्ता खनालले जानकारी दिएका छन ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।