• ०२ बैसाख २०७८
  • (Thursday 15 April, 2021)
    795
    Shares

    विरेन्द्र साह

    रौतहट न्यूज़// घर घरमा सिंहदरबार पुर्याउने उदेश्यले ल्याएको स्थानीय तहलाई जन्ताको सरकार वा स्थानीय सरकार भनिन्छ। केहि हदसम्म र केहि दायरामा रही स्थानीय सरकारहरूले आफ्नो पालिकामा लागु हुने गरी नियम र कानून बनाउन सक्छन। बनाएको नियम कानुनलाई कार्यान्वयन गर्न,गराउन सक्ने गरी प्रहरी प्रशासन पनि सहयोग गर्दछन्।
    तर पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ को वडा समितिले निर्णय गरेको थियो कि वडा अन्तर्गत कुनै पनि किसिमको DJ र अश्लिल गित प्रतिबन्ध लगाइएको थियो। तर यो निर्माण सुचना पाटीका र गाउँ घरको भित्तामा टाँसिएर सिमित भएको छ।

    वैवाहिक कार्यक्रम, अष्ठजाम, जन्म उत्सव मनाउने बहानामा चर्को घ्वनी निकाल्ने DJ ,sound bok, जस्ता विभिन्न किसिमका कोलाहल गर्ने खालको बाजा बजाउने चलनको माध्यमबाट अश्लिल तथा छाडापन गित बजाइ समाजमा अश्लिलता फैलाएको छ।
    स्थानीय सरकारको नाममा कालिका माई गाउँपालिका गैर जिम्मेवारपूर्ण रुपमा काम गरिरहेको स्थानीय उमेश साहले आरोप लगाउनु भयो। कि त नियम कानुन बनाइ सुचना जारी गर्नु हुँदैन, यदि सुचना जारी भयो भन्ने जसरी पनि कार्यान्वयन गर्नु पर्छ उमेर साहको भनाइ रहेको छ।

    भोजपुरी भाषाको गायक अवधेश प्रेमी, धड्कन घन्नजय, रितेश पाण्डे, असोक अलबेला, गोलुगोल्ड, खेसारीलाल यादव,आलम राज, सुबास राजा, आदि दर्जनौं गायकले दोहरो अर्थ लाग्ने गरी अश्लिल छाडापन गित गाएको र त्यो गित सुन्दा केटाकेटीलाई नकारात्मक असर पर्ने र समाजको लागि लज्जाको विषय बन्न पुगेको यथार्थवादी समाजिक विश्लेषकहरूले बताउनु भयो।
    विशेषगरी भाभीपिढीका बालबालिकाको मस्तिष्कमा नकारात्मक प्रभाव पर्न गई अनुसासित र मर्यादित बनाउन कठिनाइ बढेको कालिका एकेडेमीका princeple जे. पि. चौरसियाले बताउनु भयो ।

    यो बिषयमा वडा नम्बर 2 को वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया ज्यु सँग बुझदा अन्य दलका पार्टी प्रतिनिधि र तथा गाउँ भनउदाँ नेता र व्यक्तिहरू राजनितिक मुद्दा बनाइ टास गरीएको सुचनाको ठिक उल्टो र उल्लङ्घन गरी विवाद उत्पन्न गर्ने गरेको कारण आफुहरु केहि गर्न नसकेको बताउनु भयो।