रौतहट न्यूज़// रौतहट जिल्लाको दक्षिणी भेग स्थित ईशनाथ नगरपालिकाका नगर प्रमुखले सोमबारको दिन विद्यालय भवनको शिलान्यास गरेको हो।
जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गत वडा नम्बर ५ लक्ष्मीनियामा सो भवनको शिलान्यास गरिएको हो । सो वडा स्थित रहेको श्री शंकर प्राथमिक विद्यालयमा विद्यालय भवनको शिलान्यास गरिएको हो । नगर प्रमुख मेहता द्वारा क्यौ विधालय शिलान्यास भयो। तर यस विधालयको शिलन्यासले स्थानीय वासीहरूको शिक्षा प्रति आकार्षण गरेको स्थानीयहरूले बताए । साना नानानानीहरूको भविष्य सुनिश्चित गर्ने उदेश्यले एक कार्यक्रमका बिच नगर प्रमुख सन्तोष मेहता, नगर उपप्रमुख हुसनेआरा खातुन र वडाध्यक्ष शेख निसार द्वारा संयुक्त रुपमा शिलन्यास गरिएको छ ।
उक्त कार्यक्रममा वडा सदस्य शेख साहमहमद, समाजसेवी शेख समसाद,शेख जमालुदिन, वडा नम्बर ९ का वडाध्यक्ष रामबाबु यादव ,वडा नम्बर ३ का समाजसेवी मनोज यादव ,समाजसेवी सत्यनारायण यादव,रंगबहादुर साह, साधु साह,शेख हकिम लगायत बिभिन्न वडाका समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।