• अजय यादव वियोगी ,कलैया बारा ।

    रौतहट न्यूज़/ बाराको पचरौता नगरपालिका वडा नम्बर -४ बेलदारीमा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता उद्दघाटन समारोह सम्पन्न भएको छ । नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागको अायोजनामा उक्त प्रतियोगिताको पहिलो दिन उद्दघाटन समारोह भएको हो ।

    नेपाली काँग्रेसका खेलकुद विभागका केन्द्रीय सदस्य एवम् यूवा नेता मणिभुषण यादवको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहनुभएको थियो ।विशिष्ट अतिथिहरुमा नेपाली काँग्रेस खेलकुद विभागका केन्द्रीय संयोजक एवम् पुर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत ,नेपाली काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मंसुर ,केन्द्रीय सदस्य राधेचन्द्र यादव ,केन्द्रीय सदस्य बृजलाल प्रसाद यादव ,केन्द्रीय सदस्य उमाकान्त चौधरी लगायतका रहेका थिए ।

    यस्तै अतिथिहरुमा बाराका जिल्ला सभापति जयचन्द्र चौरसिया ,पुर्व मन्त्री कलावती पासवान ,शोभाकार पराजुली ,प्रदेश -२ का प्रदेश सँासद शोभा लामा नेपाली काँग्रेस बाराका सचिव मनोज भट्ट ,कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव ,महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव र सिम्रौनगढका मेयर विजयशँकर प्रसाद यादव लगायतका रहेका थिए ।खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अाएको संकटको स्थिति र नेपाली काँग्रेसको महाधिवेशनको मिति चाँडै सार्वजनिक गर्ने बताउनुभएको छ ।

    खेलकुदले मानिसलाई स्वास्थ्य राख्ने भएकोले खेलकुद जरुरी रहेको नेपाली काँग्रेस खेलकुदका लागि सधैं अग्रपंक्तिमा उभेर काम गर्ने गरेको प्रमुख अतिथि देउवाले बताउनुभएको छ ।बारा जिल्ला एेतिहासिक ठाउँ भएकोले खेलकुद मा पनि नाम कमाउन र कुस्ती जस्तामा सबै सहयोगको अावश्यकता रहेको प्रमुख अतिथि शेरबहादुर देउवाले बताउनुभयो ।यस्तै विशिष्ट अतिथि एवम् नेपाली काँग्रेस खेलकुद विभागका केन्द्रीय संयोजक मोहनबहादुर बस्नेतले खेलकुदले नै मानिसको पहिचान भएकाले यसलाई सधैं जोडले नेपाली काँग्रेसले सहयोग गर्दे अाएको बताउनुभएको छ ।अाफू सिन्धुपाल्चोकको भएपनि खेलकुदले नै राष्ट्रको नाम हुने भएकोले कुस्ती जस्ता खेलकुदमा मधेसीको अहम् भूमिका रहेको बताउनुभएको छ ।बाराको १६ पालिकाबाट नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि शेरबहादुर देउवालाई खाँद तथा १५१ किलोको मालाले स्वागत गरिएको थियो ।अाजबाट नै कुस्ती सुरु भएको छ ।प्रमुख अतिथि शेरबहादुर देउवाको हातबाट कुस्तीको शुभाराम्भ भएको केशव दास बाबाले बताउनुभयो। कार्यक्रमको सञ्चालन निलिमा पौडेल गरेकि थिईन ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।