
–अजय यादव वियोगी ,कलैया बारा ।
रौतहट न्यूज// बाराको महागढीमाई नगरपालिका वडा नम्बर -९ पिप्रा विर्तामा सडकमै पोल भएका कारण यातायातका सवारीसाधन ल्याउन ,लैजान मुश्किल हुने गरेको स्थानीयबासीहरुले बताएका छन् ।जनप्रतिनिधि अाएकै हुन तर विकास भन्दा रकम कसरी कुम्ल्याउने यहीँ मात्र गन्थन मन्थन हुने गरेको यो ढलानबाट प्रष्ट भएको स्थानीयबासी सिताराम प्रसाद साहले बताउनुभयो ।
गाउँमा ढलान भएकै तर कुनै काम लायक नभएको साहको भनाइ रहेको छ ।बिगत २ बर्ष अगाडि यो सडक ढलान भएको तर ट्रेक्टर ,टायर ,जिप ,अटो रिक्सा अर्को बाटोबाट ल्याउने बाध्यता रहेको स्थानीय महिला प्रभावति देवीले बताईन ।ढलानकै दिन वडाध्यक्ष र ठेकेदारलाई धेरैले भनेको कि पोल हटाएर ढलान गराउनु तर कसैको कुरा नसुनिकन ढलान यसरी बलजफ्ती गराएको स्थानीय महिला प्रभावति देवीको भनाई रहेको छ ।महागढीमाई नगरपालिकाको सबैभन्दा पिछडिएको गाउँको रुपमा अाउने बलुवा ,पिप्रा विर्तामा वडाध्यक्षले कुनै चाँसो समेत नदिने गरेको स्थानीय समाजसेवीहरुको भनाई रहेको छ ।महागढीमाई नगरपालिकाको कार्यालयले पनि कुनै ताकेता नै गरि जस्तो पाए त्यस्तै कामको रकम निकासा गरि दिएका कारण यस्तो दुर्दशा भोग्नु परेको स्थानीयबासीको भनाइ रहेको छ ।ईन्जिनियर ,अोभरसियर अाए मन लाग्दो नाप नक्शा गरेर नगरपालिकामा पेश गर्ने भएको यो उदाहरणको रुपमा भएपनि यस्ता धेरै काम बाँकी रहेको स्थानीय उमाशँकर यादवले बताउनुभयो ।

विधालयमा धारा र चर्पी अवस्था जेवको तेव छ तर हेर्ने कसले ? स्थानीय सरकार खाली नामको भएको स्थानीयबासी यादवको भनाइ रहेको छ ।सामाजिक ,अार्थिक ,राजनैतिक हिसाबले पछाडि रहेको यो गाउँमा शिक्षाको कमि भएका कारण सबै ठाउँमा मनपरि काम भएपनि कसैले केही बोल्न नसकेको स्थानीयबासीको भनाइ रहेको छ ।महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव र उप मेयर तारा देवी कानुले समेत वडा नम्बर -९ मा कम अाउने भएकाले वडाको समस्या यस्तै पर्न गएको स्थानीय बुद्धिजीवी रमेश प्रसाद महतोले बताउनुभयो ।वडा नम्बर -९ का वडाध्यक्ष शशिकान्त मिश्रले अाफुलाई यो जानकारी भएपनि पोल हटाउन पटकपटक पहल गरेको भएपनि अहिलेसम्म हटन नसकेको प्रतिक्रिया दिनुभएको छ ।मैले गर्न खोजेकै हो तर नगरपालिकाले काम गर्न सहज वातावरण नबनाई दिदाँ यस्तो काम हुन नसकेको वडाध्यक्ष मिश्रको भनाइ रहेको छ ।लाखौंको रकममा बनाईएको सडकमा अावतजावतका साधन नचल्दा स्थानीयबासीले यस्ता जनप्रतिनिधिहरु के विकास गरेको होला पक्कै अनुमान लगाउन सक्ने बेला अाएको स्थानीय महिला सुमित्रा देवी महतो बताईन ।वडा नम्बर -९ पिप्रा विर्ता गाउँमा ढलान भएको तर सडकमै पोल भएको भन्दै कार्यालयमा कसैले उजुरी नदिएका कारण कार्यालयले केही नगरेको महागढीमाई नगरपालिकाको कार्यालय बरियारपुरले जानकारी दिएका छन् ।
विकास काम हुने बेला नै स्थानीय जागरुक भएनन् भने यस्तै विकास गरेर जनतालाई दु:ख दिने काम मात्र हुने र सबै सचेत हुनपर्ने अवस्था अाएको बाराका चर्चित यूवा नेता अशोककुमार यादवले बताउनुभयो ।बाराको महागढीमाई नगरपालिकाको ११ वडामा छिटपुट यस्ता कामले नागरिकमा निराश छाएको सरोकारवालाहरुले बताएका छन् ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।