Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rautahatnews/public_html/wp-includes/functions.php on line 6114
प्रमुख जिल्ला अधिकारी यादव द्वारा यज्ञ स्थलगत अनुगमन। - Rautahat News
  • -राजकुमार यादव

    रौतहट न्यूज़// हिन्दु धर्मलाई विश्वको सम्पदामा चिउनाउने र विश्वको कल्याणका लागि यही फगुन १९ गते बुधबार कलसयात्रा र २० गते विहिबार देखी गढ़ीमाई नगरपालिका स्थित वाडा ६ सिंगारमन धर्मपुरमा महा विष्णु यज्ञ आयोजित भएको छ। सो यज्ञलाई रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, सस्त्रप्रहरी बलका एस.पी. सुरुज बहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक मुकुन्द बहादुर खड्का,प्रहरी उपरीक्षक सिद्धि विक्रम साह र गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले  स्थलगत अनुगमन गर्नु भएको हो।

    सिंगारमन धर्मपुरका स्थानीयवासी र गढ़ीमाई नगरपालिकाको संयुक्त आयोजनामा एक सय भन्दा बढी मुर्ती भएको मेलामा आज शुक्रबारको दिन प्रमुख जिल्ला अधिकारी यादवको उपस्तिति रहेको थियो। यस महा विष्णु यज्ञको मूल पुजारीले प्र.जि.अ. यादवलाई फुलमाला लगाई सम्मान गर्नु भएको हो। प्र.जि.अ. यादवले हिन्दु प्रम्परा अनुसार पंचकर्मा र हूमहवन गर्नु भयो।

    नगर प्रमुख यादव र स्थानीयहरूको आयोजनामा भएको यस यज्ञमा खानेपानी,सरसफाई र अन्य सु- व्यवस्थापन नगर प्रमुख यादवले गराउनु भएको छ। महा विष्णु यज्ञको संयोजक रामसिंघासन यादवको अनुसार विश्व कल्याण हेतु यस यज्ञको आयोजना भएको संयोजक यादवले बताए। संगीतमय प्रवचन हाम्रो समाजमा धर्म अस्थाको सम्मान गरेको स्थानीयवासीहरूको भनाई छ। भोली २९ गते शनिवारको दिन ब्राह्मणहरू द्वारा वैदिक मंत्रच्चारको साथ हवनको पूर्णाहुति हुने नगर प्रमुख यादव ले जनकारी गराउनु भयो।