
-अजय यादव वियोगी ,कलैया ,बारा ।
रौतहट न्यूज़// कोही पनि नछुटुन ,कोही पनि न दोहिरिउन भन्ने मुल नाराका साथ साथ हातिपाईले रोग निवारण सम्बन्धि गाउँपालिका स्तरीय योजना तथा बहुनिकाय सम्बन्धि गोष्ठी गाउँपालिकाको कार्यालय कवही गोठमा सम्पन्न भएको छ । सुवर्ण गाउँपालिकाको अायोजनामा उक्त गोष्ठी भएको हो ।सुवर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्र प्रसाद साहको अध्यक्ष्ातामा भएको उक्त गोष्ठीको प्रमुख अतिथि सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव रहनु भएको थियो ।समाजसेवी ,बुद्धिजीवी ,स्वास्थ्यकर्मी ,राजनीतिककर्मी ,अन्य सरोकारवालाको सहभागितामा गोष्ठी सम्पन्न भएको हो ।गोष्ठीमा सहभागी भएकाहरुलाई प्रशिक्षण हर्दिया स्वास्थ्य केन्द्रका डा. प्रदिप प्रजापतिले दिनुभएको थियो ।
३० जनाको सहभागिताक रहेको थियो ।हातिपाईले रोग निवारणका लागि देशकै १२ वटा जिल्लामा अभियान चल्ने भएको छ ।जसमध्ये बारा जिल्ला पनि १ भएको प्रशिक्षक डा.प्रदिप प्रजापतिले बताउनुभयो ।हातिपाईले रोग क्युरेस लामखुट्टे फैलाउने भएकाले यसबाट सबै सर्तक रहनुपर्ने डा.प्रजापतिले बताउनुभयो ।माल्दिस ,श्रीलंका ,थाइल्यान्डको देशमा हातिपाईले रोग निवारण भईसकेको उदाहरण दिदै नेपालबाट निवारण गर्न नेपाल सरकारले चालेको यो अभियानमा सबैले साथ दिनुपर्ने डा.प्रजापतिले बताउनुभयो ।

देशकै १२ वटा जिल्ला मध्ये बारा जिल्लामा हातिपाईले रोग निवारण गर्ने भएकोले १६ पालिकामध्ये सुवर्ण गाउँपालिकाले विशेष कार्यक्रम गरेर जनताको घरदैलो सम्म जाने कुनै कसर बाँकी नराख्ने सुवर्ण गाउँपालिकाका अध्यक्ष एवम् प्रमुख अतिथि महेन्द्र प्रसाद यादवले बताउनुभयो ।स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको सहयोगको अावश्यकता रहेको प्रमुख अतिथि यादवले बताउनुभयो ।बाराको दक्षिणी भेगमा रहेको सुवर्ण गाउँपालिका स्वास्थ्य जस्तो क्षेत्र निरन्तर लागेको र हातिपाईले रोग निवारणका लागि चैत २० गतेदेखि सञ्चालन हुन लागेको अभियानमा सबैको सहभागिता बनाउनका लागि र कार्यक्रम सफल बनाउनको लागि यो गोष्ठी राखिएको सुवर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्र प्रसाद साहले बताउनुभयो ।सबै सरोकारवालाको सहभागिता बनाउनको लागि नेपाल सरकार ,स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनमा अाफू सधैं लागेर जनताको नैसर्गिक अधिकार स्वास्थ्य क्षेत्रमा ज्यान जोखिम राखेर खट्ने स्वास्थ्य शाखाका संयोजक साहले बताए ।
सुवर्ण गाउँपालिकाको ८ वडामा घरदैलो गर्नुको साथै प्रचारप्रसारको विभिन्न माध्यमले चेतना फैलाउने काम गर्ने स्वास्थ्य शाखा संयोजक सुरेन्द्र प्रसाद साहले बताए ।गोष्ठीमा नेपाली काँग्रेसका यूवा नेता सतेन्द्र यादव ,स्वास्थ्यकर्मी धिरेन्द्र साह ,नेपाली काँग्रेस सुवर्ण गाउँपालिका प्रमुख रुपनारायण यादव ,जनता समाजवादी पार्टीका युवा नेताद्वय नारायण यादव ,धर्मविर यादव ,ईमतियाज अंसारी लगायतको सहभागिता रहेको थियो ।सुवर्ण गाउँपालिकामा चैत २० गतेदेखि हातिपाईले रोग निवारणका लागि अभियान सञ्चालन हुन लागेको गोष्ठीमा सहभागी भएकाहरूलाई बताईएको थियो ।सबै जनतामा यो संदेश दिनपनि अायोजकले अपिल गरेको अायोजक सुवर्ण गाउँपालिकाको कार्यालयले जानकारी दिएका छन् ।गोष्ठीको सञ्चालन सुवर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका सह संयोजक सुजित कुमार यादवले गरेका थिए ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।