• रौतहट न्यूज// आज रौतहट जिल्लाको क्षेत्र न ३ मौलापुर न.पा. १ मर्यादपुरमा शहरी विकास मंत्री माननीय प्रभु साह द्वारा अन्तरक्रिया कार्यक्रममा सम्पन भएको छ।

    सो कार्यक्रमा विकाशको लिएर नेकपामा अबद्ध रहेका विभिन्न नेता तथा कार्यकर्ताहरूले अवाज बुलंद गरेका छ्न्। यस टोलमा भएको विकास नाला र ढलान अगुणस्तरिय रहेको अवधलाल यादवले अरोप लगाउनु भएको हो। त्यस्तै गरी मौलापुर नगरपालिकाका नगर उपप्रमुख गौरी शंकर साहले वाडा अध्यक्षलाई राजा साहेब भनेर सम्बोधन गरेका छन्। भोट दिने लाई मात्र सिफारिस गर्ने राजा साहबको जवानत भएको भन्दै नगर उप-प्रमुम साहले बताउनु भएको छ।

    मंत्री साहले भाषनको क्रममा राणाशाही हटेको छ र राडाशाही न हटेको बताएका छन्। राडाशाही हटाउनको लागी जनतामा जागारूक्ताको कमि रहेका बताए। गाउँ सहर भन्दा राम्रो बनाउने मेरो लडाई रहेको मंत्री साहले बाताएका छ्न्। सबै भन्दा छोटो मौलापुर नगरपालिकामा सबै भन्दा कम बजेट भएता पनि मौलापुर न.पा.ले आफ्नै रकमबाट सोनरनियाँ देखी मौलापुर सम्म प्राविधिक शिक्षा संञ्चालन ल्याएका छन्। केपी ओलीको सरकार चुनाव गराउनमा व्यस्थ रहेको छ र प्रतिगामीहरूले चुनाव भाडनमा व्यस्थ रहेको मंत्री साहले बताएका छ्न्।

    प्रभु साहको ताक्कत र हिम्मत जनता रहेको हो। र प्रतिक्रियाबादीहरू जति विरोध गरे पनि हामी मौलापुर नगरलाई शहर बनाएर छोडने छौ। भैरहवा र विरगंज जस्तो शहर बनाउने छु मंत्री साहले बताएका छन्। मर्यादपुरलाई हाइवेमा जोडने र प्रत्येक घरलाई नालामा जोडने संकल्प गरेको हो।

    सो कार्यक्रममा प्रदेश संसद कुन्दन कुशवाहा, नगर प्रमुख रिना कुमारी साह, गौरीशंकर साह,जिल्ला कमिटी सदस्य ठागा दास,लालबाबु प्रसाद, चन्देश्वर बैठा,विनोद तिवारी वाडा अध्यक्ष श्री भगवान पटेल,रामसिंघ राय यादव,राजेश साह, पूर्व गा.वि.स. अध्यक्ष नागेन्द्र प्रसाद यादव र ओम नरायण महतोको उपस्तिति रहेको थियो।