• रमेश कुमार यादव

    रौतहट न्यूज़ // सरकारी तथा गैरसरकारी निकायबाट सचेतनामूलक कार्यक्रमहरु भएपनि बाल विवाहको दरमा सोंचे अनुरुप कमी आएको छैन । अझ रौतहट जिल्लाहरुमा बाल विवाह प्रमूख समस्याको रुपमा रहेको छ । सानै उमेरमा हुने विवाहले धेरैलाई पढाईबाट वञ्चित गराएको बृन्दावन नगरपालिकाकामा रहेको शिक्षक रामअश्रे राय यादबको भनाई छ ।

    सानै उमेरमा हुने विवाहले पु¥याउने वेफाईदा बारे विद्यालयमा शिक्षकहरुले विद्यार्थीलाई सक्दो जानकारी दिने गरेका छन् । तर पनि बाल विवाहको दर कम नभएको दुर्गाभगवती गाउँपालिका एक स्थानी शिक्षक रामनरेश यादब बताउँनु भएको हो । सानै उमेरमा विवाह गर्नु हुन्न भनेर विद्यालयमा नै विभिन्न सिकाइका कार्यक्रम गर्न पाठ्यक्रम नै बनाउनु पर्ने शिक्षकहरुको सुझाव छ । सानो उमेरमा हुने विवाहले शिक्षामा मात्र हैन, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा पनि नराम्रो असर गरिरहेको हुन्छ ।यसले गर्दा सानो उमेरमा आमाबाट जन्मेको बृद्धि बिकाशमा पनि कमि आउन जान्छ ।

    त्यसकारण सानो उमेरमा बिवाह गराउदा समाजिक अपराध रहेको समाजिक अभियन्ता देवकी नेपालले बताएका छन । बालविवाह रोक्न तीनै तहका सरकारको पहल नपुगेको अभियान्ताहरु बताउँछन् ।तर स्थानीय सरकारका प्रतिनिधी बाल विवाह न्युनिकरणका लागि पर्याप्त पहल भईरहेको बताउँछन् ।