• रमेश कुमार यादव

    रौतहट न्युज/ रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत गत २८ गते ईलाका प्रहरी कार्यलयबाट आएका जनकारी अनुसार यस कार्यालय तथा विभिन्न प्रहरी ईकाईहरुबाट विभिन्न समय र स्थानमा खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी झोला बोराहरुमा राखि नेपाल तर्फ भित्र्याई ल्याएका कपडा, मिक्चर मेसिन, चिनी, खैनी, विस्कुट, लेडिज चपल, वच्चाको जिन्स पैन्ट, कानको टप, साईकल, टिका, साडी, सल, ठुलो फ्रक, सानो वच्चाहरुको फ्रक, वावा सुट लगायतका अन्य माल वस्तुहरु वेवारीसे अवस्थामा बरामद गरेका छ।

    अन्दाजी मुल्य दुई लाख पन्चानब्बे हजार नौ सय बराबरको र २८ गते अन्दाजी ७:०० बजेको समयमा कार्यालय मातहत प्रहरी चौकी लक्ष्मिपुर बेलबिछुवाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं. ८ बेलबिछुवा स्थितमा नेपालबाट भन्सार छली चोरी पैठारी गरी सौफी रक्सी ८ कार्टुन टाउकोमा बोकी भारत तर्फ लैजादै गरेको अवस्थामा भारत बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत भकुरहर वडा नं. १५ बस्ने बर्ष ३५ को असलम खान र स्थानि बस्ने बर्ष ४० को अब्बास खान समेतलाई नियन्त्रणमा लिएको थियो।

    सो रक्सीको अन्दाजी मुल्य नौ हजार छ सय) बराबरको ८ कार्टुन सौफी रक्सी समेत गरी जम्मा अन्दाजी मुल्य तीन लाख पाँच हजार पाँच सय) बराबरको मालबस्तु समेत २ जना मानिस आवश्यक कारवाहीको लागि आज बिहिबार २९ गते गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यलय रौतहट जनाएको हो ।