Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rautahatnews/public_html/wp-includes/functions.php on line 6114
रौतहटको नापि कार्यलयमा डिजिटल प्रविधिबाट काम धामाधम - Rautahat News
  • रमेश कुमार यादव

    रौतहट न्यूज़ // पछिल्लो समय रौतहटको चन्द्रनिगाहपुरमा रहेका नापि कार्यालयले डिजिटल प्रविधिबाट कारोबार थालिएको छ । नापि कार्यालयका अधिकृत संजय साह आएसँगै सो कार्यालयमा सेवा ग्राहीको धमाधम काम गर्न डिजिटल प्रविधि ल्याएको नापि कार्यालयका अधिकृत सँजय साहले बताएका छन् ।

    साह चन्द्रनिगाहपुरमा अधिकृत पदमा आएपछि सेवा ग्राही समेत खुशि भएको चन्द्रनिगाहपुरका स्थानिय वासिन्दा सरोज दुललाले बताएका छन् । साहले यतिबेला सेवा ग्राहीलाई कुनै किसिमको काममा अबरुध नभएको दावी गरेका छन् ।यस कार्यलयबाट डिजिटल प्रबिधिबाट फुल नक्सा ,फाईल नक्सा कम्पयुटर प्रणलीबाट दिन लागेको अधिकृत साह बताएका छन ।साहलाई चन्द्रनिगाहपुर नापि कार्यालयमा आएको २ वर्ष नपुग्दै नापि कार्यालयका अवस्था सुधार हुदै गएको स्थानिय, तथा सेवा ग्राहीहरुको भनाइ रहेको छ ।

    त्यसतै चन्द्रपुर नगरपालिका भित्रको सरकारी सावर्जनिक जग्गाको लगत प्रकाशन गर्न चन्द्रपुर नगरपालिकाको समन्वयनमा कार्य गरिरहेको नापी अधिकृत सँजय साह बताउनु भएका छन ।उक्त कार्यलयमा आफनो काम सिध्याएपछि आफनो मातहातमा रहेको कर्मचारीलाई पनि रेखदेख गर्दै कुनै सेवाग्राहीलाई कुनै किसिमको समस्या नआउन दिन सधै कर्मचारीहरुलाई आग्रह गरिरहन्छ ।सेवा ग्राहीलाई कुनै पनि किसिमको समस्या हुदा सिधै सम्पर्क गर्न आग्रह गर्नु भएका छन ।चम्किलो मुहार भएको अधिकृत साह नापि कार्यलयमा आए लगतै रौतहटमा बिभिन्न सरकारी जग्गालाई आफनो नाममा दर्ता गराएका भु माफियाबाट फ्रकाउनमा पनि ठुलो भुमिका खेलेका थिए ।

    त्यसतै रौतहटको गुजरा नगरपालिका साविक रंगपुर गाबिस ५ मा रहेको बन क्षेत्रको १ सय २२ बिगाहा जग्गाको दर्ता गएको कार्तिक २७ गते दर्ता खारेज गराउनु भएको थिए । वन क्षेत्रको एक सय २२ बिगहा जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गरेकोमा सो जमिन नेपाल सरकारको नाममा फिर्ता गराउनमा पनि ठुलो भुमिका खेलेको थिए । व्यक्तिको नाममा रहेको बनक्षेत्रको जग्गाको श्रेस्ता बदर गरी एक सय २२ बिगाहा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएकोमा प्रदेश नं.२ को मुख्यमन्त्री मोहम्मद लालबाबु राउतबाट सम्मानित हुनु भएको थिए ।