• १७ फाल्गुण २०७७
  • (Monday 01 March, 2021)
    60
    Shares

    -अजय यादव वियोगी


    रौतहट न्युुज// बाराको ऐतिहासिक एवम् पुरातात्त्विक मन्दिर सहजनाथ महादेव मन्दिरमा बसन्त पञ्चमीका दिन भव्य मेला लाग्ने” बाराको कोल्हबी नगरपालिका वडा नम्बर -८ मा रहेको प्रसिद्ध श्री सहजनाथ महादेव मन्दिरमा बसन्त पञ्चमीका दिन भव्य मेला लाग्ने भएको छ ।

    श्रावण महिना भरि एक महिने सोमबारका दिन मेला लाग्ने गर्छ ।फागुनको फगुनी त्रेसका दिन महादेव मन्दिरमा कावरिया संघ,कापला संघ हजारौं हजारौंको उपस्थिति रहने गरेको यसपालि पनि भव्य ढंगले मेला लाग्ने सहजनाथ महादेव मन्दिरका मूल पुजारी नाग बाबा दिलिप पुरीले बताउनुभयो ।राणाकाल देखि नै मन्दिरको स्थापना भएको हो ।यसको ईतिहास २ सय बर्ष पुरानो मन्दिर भएको मूल पुजारी पुरीले बताउनुभयो ।

    सहजनाथ मन्दिर भएको ठाउँ देखि कलैया सम्म जंगल नै जंगल थियो।पुरानो किम्बदन्तीका अनुसार रुखले भरिएको उक्त जंगल एउटा रुखबाट आगो बर्षेने गरेको जंगलमा जानेले देखेपछि पूजापाठ गर्न सुरु गरेपछि साक्षात महादेव नै हुन भनेर स्थानीयबासीले पूजापाठ गर्ने गरेकोले यसको नाम सहजनाथ हुन पुगेको मूल पुजारी नाग बाबा दिलिप पुरीले बताउनुभयो ।

    अर्को चल्दै किम्बदन्ती जंगलमा गौ चराउन गएका गौवालाहरुलाई राति अबेर भएको र सहजनाथ मन्दिर भएको ठाउँमा सफा ,सुग्घर भएकोले गौवालाहरुले त्यहीँ रात कटाएको र एकाएक भगवानको दर्शन भएकोले सहजै भगवानको दर्शन भएका कारण यस मन्दिरको सहजनाथ महादेव मन्दिर हुन गएको मूल पुजारी नाग बाबा दिलिप पुरीले बताउनुभयो ।२३/२४ बर्ष देखि सहजनाथ महादेव मन्दिरमा पुजापाठ गर्दै अाएको महादेव मन्दिरको अदृश्य शक्ति रहेको जंगली जनावर हाथी ,बाघ ,भालु अन्य ठुला जनावर समेत महादेव मन्दिरमा अाएर माथा टेक्ने गरेको प्रत्यक्ष अाफूले देखेको र कहिलेकाही आफै आगोका ताप समेत प्रकट हुने गरेकोले महादेव मन्दिरमा अदृश्य शक्तिको कल्पना समेत गर्न नसकिने मुल पुजारी पुरीको भनाइ रहेको छ ।

    बाराका सम्बन्धित सँग र कोल्हबी नगरपालिकाका सँग बाराको एक मात्र जंगलमा रहेको महादेव मन्दिर सहजनाथ महादेव मन्दिरमा सिसिटिभिको व्यवस्था व्यवस्था भई दिएको भए स्वदेशी तथा विदेशी दर्शनार्थीहरुलाई सहज हुने मुल पुजारी नागबाबा दिलिप पुरीले बताउनुभयो ।मधुवन गाउँदेखि ७ किलोमिटर जंगलमा रहेको सहजनाथ महादेव मन्दिरमा पुजापाठ गर्ने भिड हुने गरेको महागढीमाई नगरपालिका बरियारपुर घर भएका दर्शनार्थी तुफानी बाबाले बताउनुभयो ।

    यसको संरक्षण र सम्बर्द्धन लागि तीनै तहले ध्यान दिनुपर्ने आवश्यकता रहेको दर्शनार्थी तुफानी बाबाले बताए ।सहजनाथ महादेव मन्दिर एकान्तमा भएकाले मनको शान्ति मिल्ने र रमाइलो समेत हुने गरेको उर्मिला चौधरीले बताईन ।महादेवको दर्शन गर्नाले मनको ईच्छा पूरा हुने गरेको अर्का सीता चौधरी थरुनीले बताईन ।पुरानो संरचनामा रहेको मन्दिर देख्ने लायक भएको जितेन्द्र यादवले बताउनुभयो ।

    सहजनाथ महादेव मन्दिर मुल मन्दिर बाहेक १४ वटा साना ठूला मन्दिर भएको सहजनाथ महादेव मन्दिर व्यवस्थापन समितिले जानकारी दिएका छन् ।कोल्हबी नगरपालिकासँगको सहकार्यमा पोखरा र अन्य मन्दिरको निर्माण हुन लागेको व्यवस्थापन समितिले जानकारी दिएका छन् ।सहजनाथ महादेव मन्दिरको पुर्वमा रहेको पोखरामा पानी फोहोर पानी भएका कारण स्नान गर्न समस्या हुने गरेकोले पोखराको सरसफाइ तथा मन्दिर वरिपरि थुप्रै फोहर भएका कारण सरसफाइ नभएकाले भदा देख्ने गरेको भारतीय दर्शनार्थी अकलेश कुमार साहले बताउनुभयो।

    बसन्तपञ्चमी र फगुनी ते्रस का दिन लाग्ने भव्य मेलाको तयारी तथा सरसफाइ भईरहेको मन्दिर व्यवस्थापन समितिका अमिरी प्रसादले बताउनुभयो ।कपाला संघ बाराले रहनको लागि धर्मशालाको निर्माण गरेको भएपनि धर्मशाला फागुनमा मात्र खुल्ने गरेको छ ।कपाला संघ बाराको सहयोगमा शिव पार्वतीको मन्दिर समेत निर्माण भएको छ ।बाराको एेतिहासिक एवम् पुरातात्त्विक महादेव मन्दिर दर्शन गर्न लायक भएको कपिलदेव साह कानुले बताउनुभयो ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।