• रमेश कुमार यादव

    रौतहट न्यूज़// रौतहटमा प्रधामन्त्री केपी शर्मा ओलीको बिरुद्ध मसाल जुलुस निकालिएको हो । आज रौतहट जिल्लाको मध्यभागको चर्चित मुख्य ब्यापारिक ठाउँ गरुडामा केन्द्रिय सदस्य कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा आज साँझ मसाल जुलुस निकालिएको हो ।

    प्रधानमन्त्री ओलिले चालेको संसद विघटनको कदम असंबैधानिक रहेको भन्दै जनता समाजबादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले रौतहटमा राष्ट्रपति बिधादेबी भण्डारी र प्रधानमन्त्री केपि ओलीको बिरुद्ध मसाल जुलुस निकालदै नाराबाजी गरेका थिए ।

    प्रधानमन्त्रीले गरेको संसद बिघटनको निर्णय प्रतिगामी रहेको भन्दै आन्दोलनमा रहेका जनता समाजबादी पार्टि नेपालका नेता कार्यकर्ताले गरुडाको नगरपालिकादेखि सुरु भएको रौतहट जिल्लाको धरोहरको रुपमा रहेको श्रीराम सुगर चिनिमिल हुदैँ गरुडाको बिभिन्न भागमा परिक्रमा गरि मेथुर चौकमा कोण सभामा परिर्णत भएको थियो ।जनता समाजबादी पाटी नेपालले तेस्रो चरणको आन्दोलन गरेको छ।

    आजको मसाल जुलुसमा के.पि ओली मुर्दाबाद ,के.पि ओली तेरो पाराले दुःख पायो नेपालि जनता साराले लगायत बिभिन्न प्लेकार्ड नारा सहित मसाल जुलुस निकालिएको थियो । उक्त मसाल जुलुसमा केन्द्रिय सदस्य लिला प्रसाद साह ,केन्द्रिय सदस्य कन्थमनि प्रसाद जैसवाल ,देवाहि गोनाहि नगरपालिकाको मेयर धमेन्द्र पटेल ,बृजकिशोर यादब ,बिन्देश्वर यादब ,शिवशँकर पाण्डे ,राजकुमार दास ,कौशर खान मिथिला ,छोटु साह ,रबि साह र ललन यादब सहित विभिन्न तहतपकाका नेता तथा कार्यकर्ताको उपास्तिति रहेको थियो।